सिरियाको सम्बन्धमा तयार पारिएको मस्यौदा प्रस्ताब माथि सुरक्षा परिषदको बैठकमा छलफल,
काठमाण्डौ, १४ माघ । सयुक्त राष्ट्रसघिय सुरक्षा परिषदको बैठकमा सिरियाको सम्बन्धमा तयार गरिएको मस्यौदा प्रस्ताब माथि छलफल भएको छ । लामो समय देखि सिरियामा फैलिएको हिसा अन्त्य गर्ने दिशामा छलफल केन्द्रित भएको समाचारमा जनाइएके छ । उक्त प्रस्ताबको मस्यौदामा अरब लिगको योजनालाई अनुमोदन गरिएको छ । प्रस्ताबमा राष्टपति बशर अल असदलाई दोसा्रे नम्बरका नेतालाई सत्ता हस्तान्तरण गर्न आग्रह गरिएको छ । जसले सिरियाको राष्टिय एकताको सरकारको साथ काम गर्न सकोस भन्ने आसा गरिएको छ । यसैबिच रुसले सिरिया सम्बन्धी उक्त प्रस्ताबको बारेमा बैठकमा छलफल भए पनि केहि बुँदामा समर्थन गर्न नसकि स्पष्ट गरेको छ । सिरियामा कुनै बिदेशी हस्तक्षेप भयो भने त्यहा साप्रदायिक हिसा र गृहयुद्ध भडकन सक्नेमा रुसले चिन्ता ब्यक्त गरेको छ ।सिरियामा करिब ४० बर्ष देृखि सत्तामा रहदै आएका राष्टपति असद परिवारका् बिरुद्ध केहि महिना देखि प्रर्दशन हुदै आएको छ । प्रर्दशनकारीहरुले राजनितीक सुधार, लोकतान्त्रिक सरकार गठन र राष्टपतिको राजीनामा माग गर्दै आएका छन । यसैबिच सिरियामा दुई दिनको अबधिमा भएको पछिल्लो हिसात्मक झडपमा १ सय २० जनाको मृत्यु तथा अन्य थुप्रै घाइते भएको बिबिसी अनलाइनले उल्लेख गरेको छ ।दक्षिणी शहर डेरा र नावामा प्रहरीले प्रर्दशनकारी माथि आधुनिक हतियार बाट गोली प्रहार तथा फाइरिङ गरेको जनाइएको छ ।
Categories International, News | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.