सवारी दुर्घटना
बिराटनगर, १४ माघ । कोशी राजमार्ग अन्र्तगत सुनसरीको हाँसपोसामा हिजो साँझ भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यू भएको छ । दुर्घटनामा अन्य २ जना गम्भीर घाईते भएका छन् । धरानबाट इटहरीतर्फ आउदै गरेको को ११ प १०३० नम्बरको मोटरसाईकलको ठक्करबाट इटहरी २ निवासी जितमाँया लिम्बुको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । दुर्घटनामा इटहरी २ कै सबिन थापा मगर र राजन श्रेष्ठ घाईते भएको पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । घाईते दुबैको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको बताइएको छ ।
Categories News, Purwanchal | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.