On Air

B-Muzik
AT 10:00 am

सभापति आचार्यको सक्रियता

काठमाण्डौ, १४ माघ । दलहरुबीच पछिल्लो समय देखिएको विवादले संविधान निर्माणको कार्य समेत प्रभावित भएपछि संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले विवाद समाधानका लागि चासो देखाउँनु भएको छ । पछिल्लो समय सवैधानिक समितिका बैठक पनि निश्कर्षबिहीन हुन थालेको र विवाद समाधान उपसमितिका निर्णयहरु पनि अनुमोदन हुन नसकेपछि  यसविषयमा छलफल गर्न सभापति आचार्यले आज संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलिय बैठक बोलाउँनु भएको छ । अपरान्ह २ बजेपछि सिंहदरवारमा बोलाइएको बैठकमा पछिल्लो समय अवरुद्ध भएको संविधान निर्माणको प्रक्रियाका बारेमा छलफल हुने बताइएको छ । पछिल्लो पटक निर्माण गरिएको कार्यतालिका सकिन दुई दिनमात्र बाकी रहेको अवस्थामा पनि दलहरुबीच विवादित विषयमा कुनै सहमति नभएपछि त्यस विषयमा छलफल गर्न बैठक बोलाइएको सभापति आचार्यले जानकारी दिनुभयो । पछिल्लो पटक संशोधित कार्यतालिका अनुसार राज्यपुनर्संरचना बाहेकका विवादमा भोलिसम्म सहमति खोजिसक्नु पर्नेछ । तर भएका सहमतिहरु पनि उल्टिन थालेपछि दलहरुबीच भोलीसम्मा सहमति जुट्ने संभावना अत्यन्त न्यून रहेको छ । समितिमा सहमति हुन नसकेका विषयहरु संविधानसभामा मतदान मार्फत टुंग्याउँनु पर्ने प्रावधान राखिएको छ ।

No Comments

Categories National, News | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.