On Air

B-Muzik
AT 10:00 am

सतासीधाममा २ जना परमधाम भए

सिरहा, बिराटनगर २ माघ । गएराती झापाको सतासीधाममा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । राती सवा ८ बजेतीर दुधेचौकमा पश्चिमबाट पूर्व गईरहेको को ८ प ३५८९ नंबरको स्कुटीको ठक्करबाट पैदल यात्री सतासीधाम ६ का ४० बर्षीय पदम लिम्बुको मृत्यु भएको छ । स्कुटीको ठक्करबाट गंभिर घाइते भएको लिम्बुको उपचारका क्रममा भारतको सिलगुडीमा मृत्यु भएको हो । यस्तै सतासीधाम ६ मै राती साढे ८ बजे को १ प ७३४९ नबरको मोटरसाइकल दुर्घटनाहुँदा मोटरसाइकल चालक झापाको तोपगाछी ५ का ३५ बर्षीय बर्तमान विकको मृत्यु भएको छ । घाइते बिकको उपचार गर्न लैजानेक्रममा बाटैमा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । यसैबिच सिरहाको बर्छवा गाविसमा एक महिलाको हत्या भएको अवस्थामा आज विहान शव फेला परेको छ । वर्छवा ८ स्थित खेतमा मधेशी मुलकी देखिने अन्दाजी  ५० बर्षीया महिलाको शव फेला परेको सिरहा प्रहरी प्रमुख एसपी राजेशकुमार लाल कर्णले जानकारी दिनुभयो ।महिलाको सनाखत नभएको र पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ । हत्या गरिएकी उक्त महिलाको एउटा आँखा फुटाइएको र शरिरको विभिन्न भागमा निलडाम देखिएको प्रहरीले जनाएको छ । महिलालाई कुटेर मारेको हुन सक्ने प्रहरीको अनुमान छ ।

No Comments

Categories News, Purwanchal | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.