On Air

B-Muzik
AT 10:00 am

विद्यार्थीहरुको आन्दोलन आजपनि

काठमाण्डौ, १४ माघ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि पुर्ण रुपमा फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका विभिन्न राजनीतिक दल निकट १३ विद्यार्थी संगठनले आज राजधानीमा बृहत अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्दैछन् । शान्ति बाटिका रत्नपार्कमा अपरान्ह ३ बजेपछि हुने उक्त अन्र्तक्रियामा नागरिक समाजका प्रतिनिधिहरु तथा विद्यार्थी नेताहरुले सम्बोधन गर्ने अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले जानकारी दिनुभयो । यस्तै उक्त अन्र्तक्रिया पश्चात शान्ति बाटिकाबाटै सुरु हुने सिटी जुलुसले सहरका विभिन्न भागको परिक्रमा गर्ने पनि उहाँले बताउँनु भयो । सरकारले विद्यार्थी तथा सर्वसाधारण जनतालाई राहत दिनुको सट्टा ढाडै सेक्ने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै अध्यक्ष ढुंगेलले मूल्यवृद्धि पूर्ण रुपमा फिर्ता नभएसम्म आफूहरुको आन्दोलन नरोकिने उद्घोष गर्नुभयो । सरकारले गत माघ ४ गते पेट्रोलियम पदार्थमा भारी मात्रामा मूल्यवृद्धि गरेको थियो । मूल्यवृद्धिसँगै विद्यार्थी तथा युवा संगठनहरुले देशव्यापी आन्दोलन चर्कापछि सरकारले गत बिहीबार मूल्यवृद्धि केही घटाएको थियो । यद्यपी मूल्यवृद्धि पूर्ण रुपमा घटाइनु पर्ने भन्दै विद्यार्थीहरुले अझै कडा आन्दोलन गर्ने बताउँदै आएका छन् ।
………………………….
सुनसरीमा ३९ सीमास्तम्भ गायब– सशस्त्र प्रहरी
काठमाण्डौ, १४ माघ । सुनसरी क्षेत्रमा गाडिएका दुईसय ८३ वटा नेपाल–भारत सीमास्तम्भमध्ये ३९ वटा गायब भएका छन् । सशस्त्र सीमा सुरक्षा बल सुनसरीले गरेको अध्ययनअनुसार विभिन्न प्रकृतिका सीमास्तम्भहरू गाडिएको स्थानबाटै गायब पारिएका छन् । खुल्ला सीमा क्षेत्रमा भारतको बिहार र नेपालको सुनसरी जिल्लाको सीमा क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयवासीबाटै स–साना सीमास्तम्भ भत्काएर घरबास गर्ने र खेती गर्ने गरिएकाले ती सीमास्तम्भहरू गायब भएको सशस्त्र प्रहरीले अनुमान गरेको छ । सुनसरी र भारतको बिहार राज्यबीचमा रहेको दशगजा क्षेत्रमा २२ वटा जङ्गे सीमास्तम्भ, मझौला खालका १४७ वटा र साना आकारका ११४ वटा सीमास्तम्भ हुनुपर्नेमा अहिले ३९ वटा सीमास्तम्भ गाडिएको स्थानमा नरहेको सशस्त्र प्रहरी बल सुनसरीले जनाएको छ ।

No Comments

Categories National, News | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.