राष्ट्रिय ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता ।
काठमान्डौ २४ पुष । पोखरामा जारी ‘ए’ डिभिजन राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत आजपनि दुईवटा खेलहरु सञ्चालन हुँदैछन् । प्रतियोगिता अन्तर्गत आज हुने पहिलो खेलमा पोखराको संगम क्लबले राजधानीको थ्री स्टार क्लबको सामना गर्दैछ । खेल मध्यान्ह साढे १२ बजेपछि पोखरा रंगशालामा शुरु हुँदैछ । यसैगरी आजै हुने दोश्रो खेलमा मनाङ मस्याङ्दी र जावलाखेल युथ क्लब प्रतिस्पर्धा गर्दैछन् । पछिल्लो समय अत्यन्त राम्रो खेल प्रर्दशन गरेको जावलाखेलले आज मनाङलाई पनि कडा चुनौती दिने अनुमान गरिएको छ । खेल साढे २ बजेपछि सोही रंगशालामा शुरु हुँदैछ । तीन अंक जोडेको मनाङ अंक तालिकाको आठौं स्थानमा रहेको छ ।
Categories News, Sports | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.