On Air

B-Muzik
AT 10:00 am

राष्ट्रिय ए डिभिजन लिग फुटबल प्रतियोगिता

काठमाण्डौ, २९ पुस । बुटवलमा जारी ए डिभिजन राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत आजपनि दुईवटा खेलहरु हुँदैछन । प्रतियोगिता अन्तर्गत आज हुने पहिलो खेलमा रानीपोखरी कर्नर टिम आरसिटी र थ्रीस्टार क्लब भिड्दैछन् । आरसिटी चार अंकका साथ अंक तालिकाको आठौं स्थानमा रहेको छ । यस्तै आठ अंक जोडेको थ्रीस्टार पाँचौ स्थानमा छ । यसैगरी आजै हुने दोश्रो खेलमा अंक तालिकाको सातौं स्थानमा रहेको न्युरोड टिम एनआरटी र दोश्रो स्थानमा रहेको जावलाखेल युथ क्लब प्रतिस्पर्धा गर्दैछन् । हालसम्म एनआरटीको पाँच अंक छ भने जावलाखेलको १२ अंक रहेको छ । यसअघि हिजो भएका खेलहरुमा शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबले उपाधिको दाबेदार हिमालयन शेर्पा क्लबलाई ३–० ले तथा पोखराको संगम क्लबलाई मनाङ मस्र्याङदी क्लबले ५–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

No Comments

Categories News, Sports | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.