On Air

B-Muzik
AT 10:00 am

राजलालले राजीनामा दिने

काठमाण्डौ, ११ माघ । जिम्मेवारी नदिएको भन्दै पटक–पटक राजीनामा दिने बताउँदै आउँनु भएका विनाविभागिय मन्त्री राजलाल यादवले जिम्मेवारी नदिए आज राजीनामा दिनुहुने भएको छ । यसविषयमा मन्त्री यादवले आजबिहान प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटी उक्त कुराको जानकारी गराउँने बताउँनु भएको छ । प्रधानमन्त्री भट्टराईलाई अहिले बिहान १० बजे भेट गरी आफ्ना कुरा स्पष्ट सँग राख्ने पनि मन्त्री यादवले बताउँनु भयो । उहाँले राजीनामा दिनुअघि अन्तिपटक प्रधानमन्त्रीसँग छलफल गर्ने बताउँनु भयो । शुरुमा आफूलाई जिम्मेवारी दिन आग्रह गर्ने र प्रधानमन्त्रीले त्यो अस्वीकार गरे राजीनामा दिने समेत स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीलाई भेट्न आफ्नो पार्टीका नेता तथा कृषिमन्त्री नन्दनकुमार दत्तलाई लिएर जाने पनि मन्त्री यादवले बताउँनु भयो । मन्त्री यादवले एक महिना अघिनै माघ ७ गते राजीनामा दिने बताउँदै आउँनु भएको थियो । उसबीच पनि उहाँले पत्रकार सम्मेलन गरी आफ्नो राजीनामा दिने मिति माघ ७ गतेका लागि तोक्नु भएको थियो । मधेशी जनाधिकार फोरमबाट सिरहा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित हुनु भएका मन्त्री यादव फोरम विभाजनसँगै फोरम गणतान्त्रिकमा प्रवेश गर्नुभएको थियो ।

No Comments

Categories National, News | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.