बीएफएम ९१.२ को पाँचौं बार्षिकोत्सव जारी
बिराटनगर, १४ माघ । बिएफएम ९१.२ ले आज आफ्नो पाचौ बार्षिकोत्सव मनाउदैछ । शतप्रतिशत तँपाइकै सुन्दै जाँउँ, सुनाउँदै जाँउ भन्ने मुल नाराका साथ समाचार, सामाजिक तथा मनोरन्जनात्मक लगायतका कार्यक्रम प्रस्तुत गर्दै आएको यस रेडियोले आउँदो बर्षमा झन् बढी समाजप्रति जिम्मेवार रही समाजसेवाका कार्यक्रमहरु समेत प्रस्तुत गर्ने लक्ष्य लिएको छ । एफ एमको बार्षिक उत्सबका अवशरमा बिराट श्री मिडिया प्रालिका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले श्रोताको मायाँले बीएफएम पाँचौं बर्षमा प्रबेश गर्न सफल भएको भन्दै आगामी दिनमा पनि उहाँहरुको सहयोग निरन्तर रहि रहने आशा ब्यक्त गर्नुभयो ।
उहाले समाज र देशको बिकासमा संचार माध्यमको महत्वपुर्ण योगदान रहने भन्दै बिएफएम देश र समाजको बिकासका लागी योगदान गर्न कटिबद्ध रहेको बताउनुभयो । बसन्त पञ्चमी तथा बिएफएमको पाचौ बार्षिकोत्सबका अवसरमा कार्यकारी निर्देशक सन्देशदास श्रेष्ठले देशको बर्तमान अवस्थामा सम्पूर्ण मिडियाहरु जिम्मेवार हुँदै सत्य र सहि सूचना प्रभाब गर्नुपर्नेमा जोड दिनुभयो । उहाले आगामी दिनमा अझ समाजप्रति जिम्मेवार बन्दै सहि र सत्य सुचना सबैको हकको पक्षमा वकालत गरीरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
उँहाले बीएफएम प्रति माया दर्शाउने आम स्रोता, अबिरल सहयोग गर्ने बिज्ञापन दाता शुभेच्छुकहरुमा आभार प्रकट गर्नुका साथै रेडियोमा आ– आफ्नो कार्यभारमा निरन्तर जुटिरहेका सम्पूर्ण कर्मचारीहरुलाई धन्यबाद दिँदै उत्तरोउत्तर प्रगतीको कामना गर्नुभएको छ । एफ.एम हरेक दिन निरन्तर बिहान ५ बजे देखि राती ११ बजे सम्म १८ घण्टा प्रसारण भैरहेको छ ।
Categories International, National, News, Purwanchal, Sports | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.