फेरी एक पटक मेसी बिश्वका उत्कृष्ट फुटबलर
काठमाण्डौ पुस २६ । बार्सीलोना तथा अर्जेन्टीनाका स्टार लियोनल मेसीले बिश्व फुटबलको सर्वाधिक महत्वपुर्ण फिफा बेलन डि अर अवार्ड लगातार तेश्रो पटक हात पारेका छन् । फिफा मुख्यालय स्विटजरल्याण्डको ज्युरिखमा गएराती सम्पन्न अवार्ड वितरण समारोहमा बार्सीलोनाका होनहार खेलाडी जाभी तथा रियल मड्रिडका पुर्चुगीज स्टार क्रिस्टीयानो रोनाल्डोलाई पछि पार्दै २४ बर्षीय मेसीले अवार्ड हात पारेका हुन् । बार्सीलोनालाई लगातार तेश्रो पटक स्पेनिस ला लिगा च्याम्पीयन तथा दोस्रो पटक च्याम्पीयन्स लिगको उपाधी बिजेता बनाउन अहम् भुमिका खेलेका मेसीले नै यस बर्ष पनि अवार्ड हात पार्ने धेरैको अड्कल थियो । सन् २०११ मा मेसिले क्लव तथा देशका लागि ७० खेलमा ५९ गोल गरेका थिए । यता, महिलातर्फ भने जपानकी होमारे सावाले उत्कृष्ट महिला खेलाडीको उपाधी हात पारेकी छन् ।
Categories News, Sports | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.