ट्रयाक्टर सहित अबैध काठ पक्राउ
रंगेली २७ पुस । इलाका प्रहरी कार्यालय रंगेलीले आज बिहान मोरङ्गको रंगेलीबाट ३ वटा ट्रयाक्टर सहित अबैध काठ पक्राउ गरेको छ । टाचा नलगाइ अबैध रुपमा रंगेलीतर्फ ल्याउने क्रममा प्रहरीले २ लाख मुल्य बराबरको अबैध काठ पक्राउ गरेको हो । प्रहरीले काठ बोकेका को १ त ९१४४, को १ त ११११ र को १ त ८९४७ नम्बरको ट्रयाक्टर समेत नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक धजिन्द्र कार्कीका अनुसार पुर्जीमा आप, सिसौको दाउरा भनिएपनि ट्रयाक्टरमा तलबाट कदम, सिरिस, पिठारी जातको गोलिया काठ र माथीबाट दाउरा राखिएको थियो । ती काठ र ट्रयाक्टर रंगेलीकै मेहन्दी शाह र मनोज यादवको रहेको पनि प्रहरीले बताइएको छ । पक्राउ परेका काठहरु आजै जिल्ला बन कार्यालय मोरङ्गलाई बुझाइएको छ ।
Categories News, Purwanchal | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.