On Air

B-Muzik
AT 10:00 am

ट्रयाक्टर पल्टिदा एकको मृत्यु

विराटनगर, २९ पुस । धनकुटाको भिरगाउ“–२ स्थित गुरा“से भन्ने ठाउ“मा गएराति ट्याक्टर पल्टिदा एकको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । सिदुवाबाट हिले तर्फ आउदै गरेको को १ त ६४६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई राति ८ बजे दुर्घटना भएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालक तेह«थुम आङदीन ४ का १८ वर्षीय जीवन कार्कीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । अन्य दुई घाइतेको उपचार भई रहेको छ । दुर्घटनापछि चालक फरार भएको प्रहरीले जानकारी दिएको छ । उता झापा शिवगंजका १ का ५५ बर्षिय दास ऋषिदेबको अत्याधिक चिसोको कारण कठ्याङ्गग्रीएर मृत्यु भएको छ । ऋषिदेबको आज बिहान चिसोका कारण मृत्यु भएको क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । यसैबिच पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको तोपगाछीमा भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । तोपगाछीको सितापुरीमा दुर्घटनामा घाइते भएका झापा, धरमपुरका ३८ बर्षीय घनेन्द्र प्रसाद न्यौपानेको उपचारको क्रममा ज्यान गएको हो । हिजो दिउसो २ बजेतिर मे ४ प ३१२० नम्वरको मोटरसाइकलमा सवार न्यौपानेलाई को १ ख ३१११ नम्वरको मिनी ट्रकले ठक्कर दिएको थियो । न्यौपानेको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा गएराती मृत्यु भएको हो ।

No Comments

Categories News, Purwanchal | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.