जनतामाथिको दमन बन्द गर्न सिरियालाई अरब लिगको अपील
काठमाण्डौ, २५ पुस । अरव लिगले सिरिया सरकारलाई जनतामाथिको दमन बन्द गर्न अपील गरेको छ । सिरियामा खटिएको अरव लिगको मिशनको आलोचना भईरहेका बेला काहिरामा अरव लिगका मन्त्रीहरुको बैठकले यस्तो अपिल गरेको हो । सिरियामा प्रर्दशनका बेला नागरिकमाथि दमन रोक्न अरब लिगको पर्यवेक्षक टोली खटिएपनि लगातार दमन भैरहेको छ । सिरियामा दश महिनादेखि जारी हिंसामा ५ हजार भन्दा बढी नागरिक मारिएको सयुक्त राष्ट्रसंघले जनाएको छ । प्रदर्शनकारी माथि भएको दमनका क्रममा हिजो मात्र सिरियाको डेरा प्रान्तमा १० सैनिक सहित २० जनाको मृत्यु भएको थियो । पछिल्लो तिन महिनामा सिरियामा भईरहेका हिंसामा एक सय भन्दा बढीको ज्यान गएको र हिंसा सम्वन्धी यकिन तथ्यांक आउन नसकिएको अधिकारीहरुको भनाइ छ । हिंसा रोक्न सिरियामा अरव लिगको मिसनले डिसेम्बरदेखि आफ्नो काम गरिरहे पनि विपक्षी दलले मिसनको आलोचना गर्दै सिरियामा जारी हिंसा रोक्न नसक्ने जनाएको विविसीले उल्लेख गरेको छ ।
Categories International, News | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.