चौँथो कृषि मेला हुने
काठमाण्डौ, १४ माघ । बुटवल उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा आज देखि बुटवलमा चौँथो कृषि मेला सुरु हुदैछ । मेलामा लुम्बिनी अञ्चलका साथै काठमाडौँ, चितवन, गोरखा, सल्यान, वीरगन्जलगायतका स्थानबाट कृषिजन्य करिब १५० प्रदर्शनी कक्ष हुने सङ्घका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । वि.सं. २०४२ देखि औद्योगिक प्रदर्शनी गर्दै आएको सङ्घले २०६२ देखि प्रत्येक दुई वर्षमा कृषिमेलाको आयोजना गर्दै आएको छ । कृषिलाई व्यवसायीकरण गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । आठ दिनसम्म चल्ने कृषि मेलामा करिब रु.दुई करोडको कारोवार हुने लक्ष्य लिइएको छ ।
Categories National, News | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.