ए डिभिजन राष्ट्रिय लिग फुटबल प्रतियोगिता
काठमाण्डौ, ८ माघ । बुटवलमा जारी ए डिभिजन राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत आज हुने खेलबाट उपबिजेता टोलीको टुंगो लाग्नेछ । प्रतियोगिताको शिर्ष स्थानमा रहेको विभागिय टोली नेपाल पुलिस क्लब लिग बिजेता बन्ने निश्चित भइसकेको भएपनि उपबिजेताको भने अझै टुंगो लागि सकेको छैन । प्रतियोगिता अन्तर्गत आज हुने शीर्ष स्थानको पुलिस र तेश्रो स्थानको मनाङ मस्र्याङ्दी क्लबबीचको खेलको नतिजाले लिगको उपबिजेताको छनौट गर्नेछ । आजहुने अन्तिम खेलमा मनाङले पुलिसलाई पराजित गर्न सकेको खण्डमा मनाङ गोल अन्तरका आधारमा दोश्रो स्थानमा रहेको हिमालयन शेर्पा क्लबलाई उछिनेर उपविजेता बन्न सक्नेछ । यस्तै मनाङले बराबरी वा हारको नतिजा आत्मसात गरेमा भने शेर्पा क्लब उपबिजेता बन्नेछ । शेर्पा क्लब हिजोको खेलमा विभागिय टोली आर्मीलाई पराजित गर्दै लिगको दोश्रो स्थानमा उक्लिएको हो । लिगमा शेर्पाको १९ अंक छ भने मनाङको १६ अंक छ । पुलिस र मनाङबीच हुने आजको खेल अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । उनीहरुबीचको खेल दिउँसो साढे २ बजेपछि एन्फा टेक्निकल सेन्टरको मैदानमा हुनेछ । त्यसअघि आजै मध्यान्ह साढे १२ बजे हुने आजको पहिलो खेलमा रानीपोखरी कर्नर टिम आरसिटी र न्यूरोड टिम एनआरटी भिड्दैछन् । लिगमा आरसिटी १० अंकका साथ आठौं स्थानमा छ भने एनआरटी ११ अंकका साथ सातौ स्थानमा रहेको छ ।
Categories News, Sports | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.