एमाले स्थायी कमिटी बैठक
काठमाण्डौ, ११ माघ । नेकपा (एमाले) को स्थायी समितीको बैठक आज पनि बा्ेलाइएको छ । पार्टी मुख्यालय बल्खुमा आजका लागी बोलाइएको बैठक १३ बिद्यार्थीै सगठनको उपत्यका बन्दका कारण बस्ने÷नबस्ने बारे भने अन्यौल रहेको छ । आफनै बिद्यार्थी सगठन अनेरास्ववियुको समेत आब्हानमा भएको बन्दका कारण सवारी साधन नचलेका कारण नेताहरु उपस्थित हुन नसक्ने भएकाले बैठक स्थगीत हुन सक्ने सचिब युवाराज ज्ञवालीले जानकारी दिनु भयो । आगामी फागुनमा राष्टिय प्रतिनिधी परिषदको बैठकका बारेमा छलफल गर्न एमालले आजका लागी स्थाथी कमिटीको बैठक बोलाइएको हो । यस अघि बसेको स्थायी समितीको बैठकले परिषद्को तयारी लगायतका विषयमा छलफल गर्न यही यहि माघ २५ र २६ गते पार्टी पोलिटब्युरोको बैठक बोलाएको छ । एमालेको महाधिबेशन पछिको शक्तिशाली मानिएको परिषद्को बैठक आगामी फागुन २१ गतेदेखि तीन दिनसम्म राजधानीमा हुनेछ ।
Categories National, News | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.