On Air

B-Muzik
AT 10:00 am

इँटा व्यवसायी आन्दोलन जारी – निर्माण र कामदार क्षेत्र प्रभावित

काठमाण्डौ, ११ माघ । सरकारले इँटा उद्योगीहरुले सुरु गरेको आन्दोलनको समस्या समाधानमा चासो नरोखपछि विकास निर्माण योजना अलपत्र पर्दा निर्माण क्षेत्रसँगै दैनिक रोजगारीबाट जीवन गुजारा गर्ने श्रमजीवीहरु समस्या पर्न थालेका छन् । इँटा व्यवसायीहरुले गत माघ १ गतेदेखि मूल्य अभिवृद्धि करको सट्टामा वार्षिक एकमुष्ट फ्ल्याट कर लिन विकल्प दिएर थालेको आन्दोलनप्रति सरकारले चासो नराख्दा विभिन्न विकास योजनाहरु ठप्प प्रायः बन्न पुगेका छन् । इँटा व्यवसायीहरुले आन्दोलन थालेपछि निर्माण क्षेत्रमा इँटा प्राप्त नहुँदा नयाँ निर्माण हँुदै गरेका उद्योगहरु तथा विद्यालय र अन्य सार्वजनिक क्षेत्रका भवन निर्माणका काम ठप्प हुन पुगेका छन् ।इँटा व्यवसायीहरुले इँटा बनाउन नरोके पनि बिक्री ठप्प पारेपछि उद्योग विद्यालय र निजी घरबाहेक अरु सार्वजनिक सेवाका भवन निर्माणमा पनि इँटा अभावले काम रोकिँदा पूर्वी नेपालका सबै जिल्लाका हजारौँ कामदार कामविहीन बन्न पुगेका छन् ।

No Comments

Categories National, News | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.