आज सरस्वती पुजा, अर्थात श्रीपञ्चमी
काठमाण्डौ, १४ माघ । आज बसन्तपञ्चमी, अर्थात श्रीपञ्चमी पर्व आजको दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पुजाआजा गरि मनाइँदैछ । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । सरस्वतीलाई समस्त ज्ञान, विज्ञान, विद्या, कला र वुद्धिका देवीमानी विभिन्न स्थानमा रहेका सरस्वतीको मन्दिरमा भक्तजनहरुलको बिहानै देखि घुइचो लागेको छ । बिशेषगरि स्वयम्भुस्थित मञ्जुश्री सरस्वतीको मन्दिर, गैरीधारास्थित नीलसरस्वती, मैतीदेवी,« लतिपुरको लेले र सरस्वती खेलमा रहेको सरस्वतीको मन्दिरमा विद्यार्थी र भक्तजनहरुको आजबिहानै देखि उल्लेख्य रुपमा भिड लागेको छ । यसैगरि अन्य स्थानमा रहेका सरस्वतीका मन्दिरहरुमा पनि भक्तजनहरुको भिड लागेको छ । सरस्वती देवी ज्ञानकी अधिष्ठातृ देवी भएकाले श्रीपञ्चमीको आजको दिनमा बाल—बालिकालाई सरस्वती मन्दिर या मुर्तिको दाहिने गराई अक्षर लेखि अक्षराम्भ गर्ने चलन छ । यस्तै आजको दिन बालबालिकाको नाक–कान समेत छेड्ने गरिन्छ । आजको दिन बिवाह, व्रतबन्ध गर्दा साइत हेराइरहनु नपर्ने धार्मिक विश्वास समेत रहेको छ । यसैबीच श्रीपञ्चमी पवैकै अवसरमा राष्ट्रपति डा. रामवरण यादवले आज बिहान ११ः४१ मिनेटको शुभ साइतमा हनुमानढोका गई वसन्त श्रवण गर्नु भएको छ ।
Categories National, News | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.