On Air

B-Muzik
AT 10:00 am

असइमा जागीर लगाइदिने भन्दै ठगी

बिराटनगर, २८ पुस । प्रहरी साहायक निरिक्षक असइ मा जागिर लगाइदिने नाममा एक युवकलाई ठगी गर्ने दुई जनालाई मोरङ्ग प्रहरीले पक्राउ गरी सार्बजानिक गरेको छ । हिजो बिराटनगरबाट पक्राउ परेका हात्तिमुढा ९ की संयुक्ता चौधरी र कटहरी ५ का रन्जित पोद्धारलाई सार्बजानिक गरेको हो । उनीहरुले सिस्वनी जहदा ७ का बिभाष प्रसाद सिंहलाई गत फागुन १ गते खुलाइएको प्रहरी साहायक निरिक्षक पदमा जागीर लगाइदिने भन्दै ठगी गरेको मोरङ्ग प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पोद्धारले सिंहसंग सो पदमा जागिर दिलाइदिन २ लाख रुपैया माग गरेका थिए । तर सिंहले पोद्धारलाई सो पदको जागिरका लागी १ लाख ४० हजार र थप सापटी ५० हजार गरी १ लाख ९० हजार रुपैया बुझाएको बताएका छन् । पोद्धारले सो मध्येको १ लाख रुपैया संयुक्तालाई बुझाएको अनुसन्धानबाट खुल्न आएको पनि प्रहरीले जनाएको छ । सुंयक्ताले सो पदमा जागिर दिलाउनका लागी सुनसरीको दुहबीका इश्वरी राणा संग कुराकानी गरेको बयान दिएकी छिन । घटनाका बारेमा थप अनुसन्धान जारी रहेको बताइएको छ ।

No Comments

Categories News, Purwanchal | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.