On Air

Viva Ramailo Chha Yo Sajha
AT 5:00 pm

Archive for January, 2012

होमसेन्टर हटाएको विरोधमा शैक्षिक संस्था वन्द

Tuesday, January 31st, 2012

संखुवासभा १७ माघ । एसएलसी परिक्षाको होमसेन्टर हटाएको बिरोधमा संखुवासभा ३ का विद्यार्थी संगठनले आजवाट आन्दोलन सुरु गरेका छन । उनीहरुले आजवाट जिल्लाका सवै सरकारी, नीजि र सामुदायीक बिद्यालय वन्द गराएका छन । होमसेन्टर हटाएको बिरोधमा उनीहरुले शैक्षिक संस्था वन्दको आव्हान गरेका हुन । होम सेन्टर खारेज नगरे कडा आन्दोलनमा उत्रिने नेबिसंघका उपसभापति सरोज दाहालले बताउनु भयो । एसएलसीको केन्द्र सदरमुकाम र आसपासका बिद्यालयमा सिमित वनाएकाले आन्दोलन सुरु गरेको ती विद्यार्थी संगठनले जनाएका छन । जिल्ला शिक्षा कार्यालयले ६१ वटा माध्यमिक बिद्यालयको एसएलसी परिक्षा केन्द्र १३ वटा बिद्यालयमा निर्धारण गरेको छ ।परिक्षा केन्द्र थप्न नमिल्ने र होमसेन्टर दिन नसकिने जिल्ला शिक्षा अधिकारी पुर्णवहादुर दर्जीले बताउनु भयो ।


सुनसरीका दुइ स्थानमा दुर्घटना

Tuesday, January 31st, 2012

बिराटनगर, १७ माघ । सुनसरीको हासपोसा २ मा हिजो साझ भएको दुर्घटनामा परि ४ जना घाईते भएका छन । धरानबाट इटहरी आईरहेको को १ च २५४४ नं.को जिप र विपरीत दिशाबाट आईरहेको को १ ज ४६७३ नं.को भेन एक आपसमा  ठक्कर खादा ४ जना घाईते भएका छन भने भेनका  चालक सुनसरी भरौल ३ का ३१ बर्षीय राजन कार्की गम्भीर घाईते छन भने अन्य ३ जना सामान्य घाईते भएको सुनसरी प्रहरीले जनाएको छ। घाईते सबैको घोपामा उपचार भईरहेको  छ । यसैबिच.  सुनसरीको दुहबीमा हिजो साँझ भएको सवारी दुर्घटनामा परि ६ जना घाइते भएका छन । साँझ ५ बजेतीर दुहवी ६ मा ईटहरीवाट विराटनगर आउँदै गरेको ना ४ ख ९७६ नंबरको ट्रक र विपरीत दिशावाट जाँदै को १ ह ७०६ नंबरको टेम्पो एक आपसमा ठक्कर खाँदा सुनसरी औराबनी ८ का ३२ बर्षीय सोहादत मिया, २० बर्षीय जरीना खातुन, २८ बर्षीय मिस्जल खातुन, १५ बर्षीय गुल्सन खातुन, २६ बर्षीय सुकसन खातुन र दुहबी ५ का २५ बर्षीय नुरझन खातुन घाइते भएका हुन । घाइते सबैको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।


लडाकु स्वेच्छिक अबकाश आजबाट

Tuesday, January 31st, 2012

काठमांडौ, १७ माघ । स्वेच्छिक अवकाश रोजेका माओबादीका पुर्व लडाकुहरुको बिदाई प्रक्रिया शुरु गर्ने बिषयमा छलफल गर्न सेना समायोजन बिशेष समिति मातहतको सचिवालयको बैठक आज बस्दैछ । दिउंसो समितिको कार्यकक्ष नयांबानेश्वरमा वस्ने बैठकले बिदाइ प्रकृयाका बिषयमा निर्णय गरेपछि बिदाई शुरु हुने बताइएको छ । गत पुस महिनामै लडाकु बिदाई प्रक्रिया थाल्ने निर्णय भएपनि दलहरुबीचको बिबादका कारण निर्णय कार्यान्वयन हुन सकेको छैन । गत शुक्रबार वसेको सेना समायोजन बिशेष समितिको वैठकले तीन दिन भित्र लडाकु बिदाइ प्रकृया शुरु गर्ने निर्णय गर्दै तीन दिनभीत्र अवकाशको तालिका बनाउन बिशेष समिति अन्तर्गतको सचिबालयलाई निर्देशन दिएपनि सचिवालयको बैठकले निर्णय गर्न सकेको छैन । समायोजन रोजेका ६ हजार ५ सय भन्दा बढि रहेका ३ हजार २ सय लाई क्षतिपुर्ती सहित थप आर्थिक प्योजक नदिएसम्म स्वेच्छिक अबकाशमा जानेलाई बिदाई नगरिने अडानमा रहेको माओबादी पछिल्लो समय लडाकु बिदाइमा लचकदार वनेपछि यो प्रकृया केही सहज वनेको छ । स्वेच्छिक अबकाशमा जाने माथिल्लो तहका लडाकुले ८ लाख पाउने छन भने त्यसपछिका तहका रहेकाले क्रमश ७, ६ र ५ लाख रुपैया पाउनेछन ।


विद्यार्थीहरुको आन्दोलन आजपनि

Tuesday, January 31st, 2012

काठमांडौ, १७ माघ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि पुर्ण रुपमा फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका विभिन्न राजनीतिक दल निकट १३ विद्यार्थी संगठनले आज पनि प्रर्दशनलाई जारी राख्ने भएका छन् । आन्दोलनका कार्यक्रम अनुसार आज अपरान्ह उनीहरुले उपत्यकाका मुख्य मुख्य चोकहरुमा सार्वजनिक सुनुवाई गर्ने भएका छन् । सरकारले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेपछि दुई चरण सम्मको आन्दोलन गरिसकेका विद्यार्थीहरुले इन्धन डिपोहरुमा घेराउ गर्नेदेखि सिंहदरवार घेराउ समेतका कार्यक्रम समेटि तेश्रो चरणको आन्दोलन घोषणा गरेका छन् । सरकारले गत माघ ४ गते पेट्रोलीयम पदार्थमा भारी मात्रामा मुल्यबृद्धि गरेको थियो । मूल्यवृद्धिसँगै विद्यार्थी तथा युवा संगठनहरुले देशव्यापी आन्दोलन चर्कापछि सरकारले गत बिहीबार मूल्यवृद्धि केही घटाएको थियो । यद्यपी मूल्यवृद्धि पूर्ण रुपमा घटाइनु पर्ने भन्दै विद्यार्थीहरुले अझै कडा आन्दोलन गर्ने बताउँदै आएका छन् । उता पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तथा लोडसेडिङको विरोधमा विद्यार्थीहरुले गरेको बन्दका कारण आज दाङको जनजीवन प्रभावित भएको छ । बन्दका कारण दाङमा आजबिहानै देखि सवारी साधनहरु सञ्चालनमा आएका छैनन भने बजार तथा पसलहरु समेत ठप्प रहेका छन् ।


Tuesday, January 31st, 2012

काठमांडौ, १७ माघ । प्रधानमन्त्री बाबुराम भट्टराइले सुचना वर्गीकरण गरी गोप्य राख्न सरकारी कार्यालयलाई निर्देशन फिर्ता गर्न सकिन बताउनुभएको छ । आज बिहान नगरकोट नाल्दुम पर्यटन महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराइले पत्रकारहरुलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन समेत आग्रह गर्नुभयो । उहांले सरकारको उक्त निर्देशनका कारण तरंगीत नहुन पनि आग्रह गर्नुभयो । आफुले महासंघ अधिकारी समेत यस बिषयमा छलफल गरिसकेको प्रमको भनाइ थियो । यसैबीच, सरकारले सुचना वर्गीकरण गरी गोप्य राख्न सरकारी कार्यालयलाई निर्देशन दिएको विरोधमा चरणबद्ध आन्दोलन घोषणा गरेको नेपाल पत्रकार महासंघले आज राजधानीमा प्रर्दशन गर्दैछ । महासंघले आज अपरान्ह ३ बजे बबरमहलस्थित सडक विभाग भवन अगाडि कालो ब्यानर राखेर प्रदर्शन गर्ने भएकोे छ । महासंघको हिजो बसेको आकस्मिक बैठकले सरकारको उक्त निर्णय अबिलम्ब फिर्ता हुनु पर्ने माग गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेको हो । यसैगरी भोली र पर्सी देशभरका शाखाहरुले प्रदर्शन गर्ने महासंघका केन्द्रीय सदस्य बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । महासंघले सरकारको सो निर्णय फिर्ता नभएरसम्म चरणबद्ध आन्दोलन जारी रहने चेतावनी समेत दिएको छ । सरकारले सुचनाको वर्गीकरण गरी १ सय ४० प्रकारका सुचनालाई गोप्य राख्न गत पुस २६ गते सरकारी कार्यालयहरुलाई निर्देशन दिएको थियो ।


देउवा पक्षको भेला

Tuesday, January 31st, 2012

काठमांडौ, १७ माघ । भ्रातृसंस्था बिघटन गर्ने केन्द्रीय समितिको निर्णयपछि असन्तुष्ट बन्नु भएका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज आफूपक्षीय नेताहरुको बैठक बोलाउँनु भएको छ । अहिले केहीबेरपछि देउवा निवास बुढानिलकण्ठमा बोलाइएको बैठकमा देउवा पक्षीय केन्द्रीय सदस्य तथा सभासद्हरुको सहभागिता रहने बताइएको छ । पार्टी संस्थापन पक्षले बहुमतका आधारमा चारवटा भ्रातृसंगठन बिघटन गरेपछि शुरु भएको विवादले चरम रुप लिएपनि संस्थापन पक्षले विवाद समाधानमा कुनै तत्परता नदेखाएको भन्दै नेता देउवाले दबाबस्वरुप आफूपक्षीय नेताहरुको बैठक बोलाउँनु भएको हो । बैठकले आगामी रणनीति तय गर्ने तथा आगामी फागुनमा जिल्ला सभापतिहरुको भेलासमेत बोलाउँने निर्णय गर्ने बुझिएको छ । सभापति सुशील कोइरालाले भ्रातृसंस्थाको विवाद मात्रै मिलाउँन देउवा पक्षलाई प्रस्ताव गरेपनि देउवा पक्षले भने केन्द्रीय समिति, विभाग र समितिहरुलाई पूर्णता दिनुपर्ने लगायतका सबै कामलाई प्याकेजमानै समाधान गर्नुपर्ने प्रस्ताव राख्दै आएको छ । भ्रातृ संगठनहरु विघटन गरेपछि उत्पन्न विवादको क्रममा पार्टी केन्द्रीय कार्यालयमा अनशन बसेका नेता कार्यकर्ताको अनशन तोडाउँने क्रममा वरिष्ठ नेता देउवाले समेत केन्द्रीय सदस्यबाट राजीनामा दिनुभएको थियो । सभापति कोइरालाले पत्र नै लेखेर देउवाको राजीनामा अस्वीकार गर्नुभएपनि देउवापक्षीय केन्द्रीय सदस्यहरुले पछिल्लो समय केन्द्रीय समितिको बैठक समेत बहिष्कार गर्दे आएका छन् ।


राज्य पुर्नसंरचना सुझाव आयोग आयोगको प्रतिवेदन

Tuesday, January 31st, 2012

काठमांडौ, १७ माघ । राज्य पुर्नसंरचना सुझाव आयोगले प्रदेश संख्या, सीमाना र नामांकनजस्ता मुद्दामा विभाजित भएर आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाउँदैछ । अहिले केहीबेरपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा भेट गरी प्रतिवेदन बुझाउँन लागेको आयोगका एक सदस्यले जानकारी दिएका छन् । आयोगका संयोजक मदन परियार सहितका छ सदस्य जातीय आधारमा कोरिएको ११ प्रदेशको खाका सहितको प्रतिवेदन बुझाउँदै छन् भने आयोगका तीन सदस्य छ प्रदेशको अवधारणा सहित बेग्लै प्रतिवेदन बुझाउँने तयारीमा रहेको श्रोतले बताएको छ । आयोगमा कार्यरत एक अधिकारीका अनुसार फरक मत राख्नेले आयोग माइन्युटमा उल्लेख गरेका बुँदा प्रतिवेदनमा जस्ताको तस्तै राखिनेछ । आयोग श्रोतका अनुसार बहुमत सदस्यले लिम्बुवान, किराँत, ताम्सालिङ, नेवाः, तमुदान, नारायणी, मगरात, कर्णाली–खप्तड, मिथिला–भोजपुरा–कोच–मधेश र लुम्बिनी–अबध, थारुवान प्रदेश प्रस्ताव गरेका छन् । यस्तै दलितलाई भने गैरभौगोलिक प्रदेश भनेर छुट्टयाइएको छ । दलितलाई जनसंख्याका आधारमा राजनीतिक प्रतिनिधित्व लगायतका अधिकार दिन प्रस्ताव गरिएको छ । जातीय आधारमा ११ प्रदेश हुनुपर्छ भन्ने बहुमत सदस्यमा संयोजक परियारसहित मल्ल के. सुन्दर, स्टेला तामाङ, कृष्ण हाछेथु, सुरेन्द्र महतो, भोगेन्द्र झा रहेका छन् । मल्ल, तामाङ माओवादी, हाछेथु, महतो मधेशवादीबाट र झा एमालेको सिफारिसमा आयोग सदस्य बनेका हुन् । तीन अल्पमतका सदस्यले मुलुकभरि ५ प्रदेशको अवधारणा अघि सारेका छन् । उनीहरुले प्रदेशको नाम १ देखि ६ नम्बरसम्म दिएका छन् । त्यस्ता प्रत्येक प्रदेशले हिमाल, पहाड र मधेश छुने र पुर्वाधार निर्माण, सहरबजारको उपस्थितिलाई महत्व दिएको बताइएको छ । छ प्रदेशको प्रस्ताव गर्नेमा डा. रमेश ढुंगेल, सावित्री गुरुङ र सर्वराज खड्का छन् । ढुंगेल र गुरुङ कांग्रेस र खड्का एमालेका प्रतिनिधि हुन् ।


प्रधानमन्त्री भट्टराई र सुभामुख नेम्वाङबीच भेटवार्ता

Tuesday, January 31st, 2012

काठमांडौ, १७ माघ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई र सुभामुख सुवासचन्द्र नेम्वाङबीच आजबिहान भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा जारी शान्ति प्रक्रिया, संविधान निर्माण तथा अवरुद्ध संसद सुचारु गर्ने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री भट्टराईसँगको भेटमा सभामुख नेम्वाङले प्रतिपक्षीहरुको माग सम्बोधन गरी लामो समय देखि अवरुद्ध रहेको संसद सुचारु गराउँन आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री भट्टराईले सदनको अवरोध चाँडै हट्ने बताउँनु भएको भेटपछि सभामुख नेम्वाङले पत्रकारहरुलाई जानकारी दिनुभयो । यसैगरी शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा पनि केही दिनमा महत्वपूर्ण प्रगति हुने समेत प्रधानमन्त्रीले जानकारी गराउँनु भएको नेम्वाङले बताउँनु भयो । माओवादीको जनसत्ताले गरेका लिखतलाई वैद्यता दिने सरकारको निर्णयको बिरोधमा प्रतिपक्षी कांग्रेस एउमाले लगायतका दलले लगातार छैठँौ पटकसम्म संसद अवरोध गर्दा पनि सरकारले कुनै प्रतिक्रिया नजनाएपछि सभामुख नेम्वाङले प्रधानमन्त्री भट्टराईको ध्यानाकर्षण गराउँनु भएको हो । यसैगरी प्रधानमन्त्रीसँगको भेटमा सभामुख नेम्बाङले पूर्वी नेपालमा गत असोजमा गएको भूकम्पबाट भएको क्षतिका पीडितले अझै पनि राहत पाउन नसकेको प्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँनु भएको थियो । साथै उहाँले तत्काल विपद् व्यवस्थापनसम्बन्धी विधेयक संसदमा दर्ता गराउन पनि आग्रह गर्नुभएको थियो ।


बीएफएम ९१.२ को पाँचौं बार्षिकोत्सव जारी

Saturday, January 28th, 2012

बिराटनगर, १४ माघ । बिएफएम ९१.२ ले आज आफ्नो पाचौ बार्षिकोत्सव मनाउदैछ । शतप्रतिशत तँपाइकै सुन्दै जाँउँ, सुनाउँदै जाँउ भन्ने मुल नाराका साथ समाचार, सामाजिक तथा मनोरन्जनात्मक लगायतका कार्यक्रम प्रस्तुत गर्दै आएको यस रेडियोले आउँदो बर्षमा झन् बढी समाजप्रति जिम्मेवार रही समाजसेवाका कार्यक्रमहरु समेत प्रस्तुत गर्ने लक्ष्य लिएको छ । एफ एमको बार्षिक उत्सबका अवशरमा बिराट श्री मिडिया प्रालिका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले श्रोताको मायाँले बीएफएम पाँचौं बर्षमा प्रबेश गर्न सफल भएको भन्दै आगामी दिनमा पनि उहाँहरुको सहयोग  निरन्तर रहि रहने आशा ब्यक्त गर्नुभयो ।
उहाले समाज र देशको बिकासमा संचार माध्यमको महत्वपुर्ण योगदान रहने भन्दै बिएफएम देश र समाजको बिकासका लागी योगदान गर्न कटिबद्ध रहेको बताउनुभयो । बसन्त पञ्चमी तथा बिएफएमको पाचौ बार्षिकोत्सबका अवसरमा कार्यकारी निर्देशक सन्देशदास श्रेष्ठले देशको बर्तमान अवस्थामा सम्पूर्ण मिडियाहरु जिम्मेवार हुँदै सत्य र सहि सूचना प्रभाब गर्नुपर्नेमा जोड दिनुभयो । उहाले आगामी दिनमा अझ समाजप्रति जिम्मेवार बन्दै सहि र सत्य सुचना सबैको हकको पक्षमा वकालत गरीरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
उँहाले बीएफएम प्रति माया दर्शाउने आम स्रोता, अबिरल सहयोग गर्ने बिज्ञापन दाता शुभेच्छुकहरुमा आभार प्रकट गर्नुका साथै रेडियोमा आ– आफ्नो कार्यभारमा निरन्तर जुटिरहेका सम्पूर्ण कर्मचारीहरुलाई धन्यबाद दिँदै उत्तरोउत्तर प्रगतीको कामना गर्नुभएको छ । एफ.एम हरेक दिन निरन्तर बिहान ५ बजे देखि राती ११ बजे सम्म १८ घण्टा प्रसारण भैरहेको छ ।


‘बी’ डिभिजन क्षेत्रीय सुपर लिग फुटबल हुने

Saturday, January 28th, 2012

काठमाण्डौ, १४ माघ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा आज देखि स्याङ्जामा ‘बी’ डिभिजन क्षेत्रीय सुपर लिग सञ्चालन गर्ने भएको छ ।  एन्फा प्रवक्ता ललितकृण श्रेष्ठका अनुसार ‘बी’ डिभिजनमा रहेका १२ जिल्लामा सञ्चालित जिल्ला लिगमा प्रथम भई क्षेत्रीय लिगमा पनि आ–आफ्नो समूहमा प्रथम भएका चार टिमका बीचमा प्रथम र द्वितीय हुने दुई टिमले यस प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगितामा सिरहाको कस्तुरी युवा क्लब, धनुषाको एसएम स्पोर्टस् क्लब, सिन्धुपाल्चोकको न्यू जेनेरेसन युवा क्लब र आयोजक स्याङ्जाको ट्रिनिटी क्लबको सहभागिता रहने समेत प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । फुटबल खेलको विकासको निम्ति देशभित्र रहेका सबै क्लबहरू तथा क्लबबाट खेल्ने खेलाडीहरू फुटबल खेल्न पाउने वातावरण बनाउन क्षेत्रीय लिगको आयोजना गरिएको एन्फाले जनाएको छ ।