Archive for September, 2010
Sunday, September 26th, 2010
बिराटनगर १० असोज । प्रेस चौतारी मोरङ्गको पदस्थापना कार्यक्रम आज बिराटनगरमा सम्पन्न भएको छ । यही असोज १ गते भएको पाचौ जिल्ला अधिबेशनबाट निर्बाचित कार्य समितीलाइ एक समारोहका बिच पदस्थापन गरिएको हो । कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य डिल्ली पोखरेल, पुर्ब केन्द्रिय उपाध्यक्ष यज्ञ शर्मा, पुर्ब केन्द्रिय सदस्य दिपेन न्यौपाने तथा नेकपा एमाले मोरङ्गका प्रचार बिभाग प्रमुख खेम नेपाली लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमका सहभागीहरुले ब्यवसायिक पत्रकारीताको बिकासका निम्ति प्रेस चौतारी मोरङ्गले महत्वपुर्ण भुमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो । यसैबिच आज बसेको चौतारी मोरङ्गको बैठकले आगामी १६ गते बिराटनगर बजारको ब्यापार प्रबर्दन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले सचिबालय गठन गर्नुका साथै ५ सदस्यिय सल्लाहकार समिती समेत गठन गरेको छ ।
Sunday, September 26th, 2010
काठमाण्डौ १० असोज । चिलीको खानी भित्र थुनेका ३३ मजदुरलाई सकुशल उद्धारका लागी ब्शिेष यन्त्र जडित उपकरण प्रयोग गरिएको छ । स्टिल क्यासुल नाम दिइएको सो उपकरणले खानी भित्र थुनिएको मानिसलाई पालै —पालो बाहिर निकल्नेछ । यो ५० सेन्टिमिटर फराकीलो रहेको छ । ७ सय मिटर भित्र थुनिएका ती काम दारलाई कमै सँग निकाल्न २० देखि ३० मिनेट सम्म लाग्ने जनाइएको छ । यो कार्यलाई सहज पार्नका लागी ड्रिलीङ कार्य भने जारी रहेको छ । यता अमेरिकी र अफगानी सेनाले दक्षिणी कंधारमा नयाँ अभियान सुरु गरेको छ । यस क्षेत्रमा तालिवानी सक्रिय रहेका छन भने अमेरिकी सैनिकले बिरोधको सामना गर्नु परेको छ । यो अभियानमा ८ हजार सैनिक सामेल रहेका छन ।
Sunday, September 26th, 2010
बिराटनगर १० असोज । बिभिन्न माग राख्दै सामुदायीक बन उपभोक्ता महासंघ नेपाल मोरङ्गले जिल्ला बन कार्यलयमा ताला बन्दी गरेको छ । बन ऐन २०४९ संसोधन मस्यौदा को खारेजी गर्न माग गर्दै महासंघले आज बिहान बिहान १० बजेदेखी तालाबन्दी गरेको हो । तालाबन्दी दिउसो तीन बजेसम्म जारी रहने÷रहेको महासंघ मोरङका अध्यक्ष अग्नि पौडेलले जानकारी दिनुभयो । गत असार ३२ गतेको मन्त्रिपरिषदको निर्णय बन ऐन र नियमावली बिपरित गरिएकोले गैर कानुनी भएको, साथै उपभोक्ताहरुको हित नहुने, बन संरक्षणमा समेत प्रतिकुल असर पर्ने भन्दै महासंघले चरणबद्ध आन्दोलन थालेको हो । दोश्रो चरणको अन्तिम कार्यक्रमका रुपमा आज अन्य जिल्लाहरुमा पनि तालाबन्दीको कार्यक्रम जारी रहेको र तेश्रो चरणको कार्यक्रम चाडै सार्बजानिक गरिने अध्यक्ष पौडेलले बताउनुभयो । यस अघिपनि देशब्यापी आन्दोलनमा उत्रिएको महासंघले जिल्ला बन कार्यलयमा एक घण्टा तालाबन्दी गर्नुका साथै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको थियो ।
Sunday, September 26th, 2010
काठमाण्डौ १० असोज । नेपाली कांग्रेसको नयाँ केन्द्रिय समिती चयनका लागी भएको निर्बाचनको खुल्ला र अञ्चल तर्फको मतगणना कार्य पार्टी कार्यालय सानेपामा विहानबाट पुनः जारी रहेको छ । मतगणना कार्यमा निकै ढीलाई देखिएकोले आज पाँच ठाउमा मतगणना सुरु गरिएको निर्वाचन समितिले जनाएको छ । हिजो राती सम्म खुलातर्फ ६०० र अञ्चलतर्फ ९०० मतगणना सम्पन्न भएको थियो । खुला र अञ्चलतर्फको मतगणनाको पछिल्लो परिणामअनुसार अर्जुननरसिंह केसी, गगन थापा, खुमबहादुर खड्का, डा सशाङ्क कोइराला, ,सुजाता कोइराला, रामचन्द्र पौडेल, प्रदिप गिरी, बालकृष्ण खाँड, डा रामशरण महत, एनपी साउद, डा प्रकाशशरण महत, शेखर कोइराला, महेश आचार्य, कृष्ण प्रसाद सिटौला, डा मीनेन्द्र रिजाल र गोपालमान श्रेष्ठ, लगायत अगाडि हुनुहन्छ । यस्तै अञ्चलस्तरीय चौध स्थानमा मेचीबाट नरेन्द्र नेम्बाङ, कोसीबाट आमोदप्रसाद उपाध्याय, सगरमाथाबाट रामकुमार चौधरी, जनकपुरबाट आनन्दप्रसाद ढुङ्गाना, बागमतीबाट नवीन्द्रराज जोशी, नारायणीबाट रमेश रिजाल, गण्डकीबाट रघु पौडेल अगाडि हुनुहुन्छ । यसैगरी लुम्बिनीबाट कृष्णचन्द्र नेपाली, धौलागिरीबाट अर्जुनप्रसाद जोशी, राप्तीबाट दीपक गिरी, कर्णालीबाट दिनवन्धु श्रेष्ठ, भेरीबाट किशोरसिंह राठौर, सेतीबाट बद्री पाण्डे र महाकालीबाट दिलेन्द्रप्रसाद वडु अग्रस्थानमा रहनुभएको छ । मत गणनाको अन्तिम परिणाम आज बेलुका अबेर सम्ममा आइसक्ने पार्टि निर्वाचन समितीले जनाएको छ ।
Sunday, September 26th, 2010
काठमाण्डौ १० असोज । पर्यटन बर्ष २०११ लाई लक्षित गरि नगरकोट धुलिखेलसम्म पैदल मार्गको सुरु भएको छ । प्रचार–प्रसारको अभावले यो मार्ग पर्यटकहरुका पदयात्रामार्गको रुपमा प्रयोगमा ल्याएको थिएन । नेपाल पर्यावरण तथा पर्यटन जागरण आधारसिला (नेटिफ), नगरकोट नाल्दुम पर्यटन विकास समिति र टुरगाइड एसोसियसन काभ्रेले ३१ औ विश्व पर्यटन दिवसको अवसरमा यो कार्यको थालनी गरेका हुन् । पदयात्रामा फिनल्याण्ड, जर्मन, भारत, इङल्याण्ड, फ्रन्स, बेल्जियम र आन्तरीक पर्यटक गरी दुई सय जनालाई हिडाएर प्रचार प्रसार गरिएको छ । यात्रामा सहभागि विदेसी पर्यटकमा सबैजसो राजदुतावासका कर्मचारी र प्रतिनिधि थिए । यस्तै पदयात्रामा पर्यटन व्यवसायीहरु र पर्यटन सम्बन्धि विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागि थिए । नगरकोटदेखि धुलिखेलसम्मको पाच घण्टाको पैदल मार्गमा ठाउ ठाउमा खुडकिलो बनाएको छ । बस्न प्रतिक्षालयहरुको व्यवस्था गरेको छ । सुन्दरीजलदेखि धुलिखेलसम्मको काठमाडौ भ्याली कल्चरल ट्रेकिङ टे«ल नाम दिएको यो मार्गमा छोटो समय लिएर नेपाल भ्रमणमा आएको पर्यटकका लागि बढी उपयोगी हुने पर्यटन व्यवसायीहरुको भनाई छ ।
Sunday, September 26th, 2010
काठमाण्डौ १० असोज । एकीकृत नेकपा माओवादीले जारी प्रधानमन्त्री निर्वाचनबाट आफ्नो पार्टीको उम्मेद्धार फिर्ता गर्न व्यवस्थापिका संसद सचिवालयमा पत्र दर्ता गराएको छ । प्रधानमन्त्री निर्वाचनमा माओवादी उम्मेद्धार पुष्पकमल दाहाल प्रचण्डको नाम फिर्ता लिन उम्मेद्धारको प्रस्ताबक समेत रहनु भएका उपाध्यक्ष डा बाबुराम भट्टराईले केही बेरअघि संसद सचिवालयमा पत्र दर्ता गराउनु भएको छ । जारी प्रक्रियाबाट प्रधानमन्त्री चयन हुन नसकेपछि नयाँ प्रक्रियाबाट समति खोज्ने बारेमा एमालेसंग भएको सहमती अनुरुप माओवादीले उम्मेद्धारी फिर्ता लिएको हो । अब प्रधानमन्त्री चयनको निर्वाचनमा काँग्रेस उम्मेद्धार रामचन्द्र पौडेल मात्र हुनुहुन्छ । एकीकृत नेकपा माओवादीको आज विहान बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री निर्वाचन प्रक्रियाबाट औपचिराक रुपमा बाहिरिने निर्णय गरेको थियो । बैठकले राष्टिय सहमतिका लागि नयाँ प्रक्रियाबाट अघि बढ्न संविधासभामा सहभागी दलहरुसंग प्रस्ताब गर्ने निर्णय गरेको छ । माओवादीको पदाधिकारी बैठकले प्रधानमन्त्री निर्वाचनअघि बस्ने कार्यव्यवस्था परामर्श बैठकमा नयाँ शिराबाट सहमति खोज्ने बारेमा दलहरुलाई प्रस्ताब गर्ने निर्णय गरेको पदाधिकारी बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । जारी प्रधानमन्त्री निर्वाचन प्रक्रियाबाट प्रधानमन्त्री चयन हुन नसक्ने भएकोले नयाँ सहमित कायम गरि अघि बढ्ने बारेमा एमाले र माओवादीवीच सहमति भएकोले प्रधानमन्त्री चयनको निर्बाचनको औचित्य नभएको बैठकले निश्कर्ष निकालेको उपाध्यक्ष प्रकाशले बतउानु भयो । माओवादी बैठकले पार्टीको विस्तारित बैठकबारे यसअघि भएको निर्णय परिवर्तन गर्दै आगमी कार्तिक १२ गते गोर्खामा गर्ने निर्णय गरेको छ । यसअघि माओवादीले विस्तारित बैठक कार्तिक ६ गते चितवनमा गर्ने निर्णय गरेको थियो ।
Sunday, September 26th, 2010
काठमाण्डौ १० असोज । नेकपा एमालले प्रधानमन्त्री निर्वाचनको नियमवाली शंशोधनको प्रस्ताव संसदको कार्याव्यवस्था परामर्श समितिमा पेश गरेको छ । एमालले संविधानसभा भवन नयाँ बानेश्वरमा जारी कार्यब्यवस्था समितीको बैठकमा जारी प्रधानमन्त्री चयनको नियमावली उचित नभएको भन्दै त्यसलाइ परिमार्जनका छलफलमा लैजान प्रस्ताव पेश गरेको हो । यसअघि आजै बसेका एमाले संसदिय दलको बैठकले संसद नियमावली संशोधनका लागी प्रस्ताव पेश गर्ने निणर्य गरको थियो । साथै एमालले आजको प्रधानमन्त्री निर्वाचनमा सहभागी नहुने निणर्य समेत पेश गरेको छ । नेकपा एमालेले व्यस्थापिका संसद नियमावली संधोनको लागि प्रस्ताव दर्ता गराउने निर्णय गरेको छ । समितिको बैठकमा प्रधानमन्त्री चयनमा देखिएको जटिलता, दलहरुवीचको सहमति र संसद नियमावली परिवर्तन लगायतको विषयमा छलफल हुने बताइएको छ । यसैबिच नेकपा एमालेको संसदिय दलको बैठकले आज हुने प्रधानमन्त्री निर्वाचनमा सहभागी नहुने सभासद्हरुलाइ ह्विप जारी गरको छ । साथै एमाललले नयाँ प्रक्रिया सुरुवाताका लागी संसद नियमवाली संशोधन गर्न सबैदललाइ आग्रह गर्ने समेत निणर्य गरको छ । सिहदरबार स्थित ससदीय दलको कार्यालयमा बसेको बैठकले कहिल्यै नटुङिगीने निर्वाचन प्रक्रियामा सहभागी नहुने भन्दै सशोधनको प्रक्रिया अगाडी बढाउने समेत निणर्य गरेका एमाले सभामसद् रविन्द्र अधिकारीले जानकारी दिनुभयो ।
Wednesday, September 22nd, 2010
तेह्रथुम ६ भदौ । तेह्रथुम पिप्लेका किसानहरुले एकसाथ अदुवासँगै मकै खेति सुरु गरेका छन् । किसानहरुले एकै पटक अदुवासँगै मकै खेति लगाउन थालेका हुन् । यसरी खेति गरिदा सदा भन्दा दुवै वालिको उत्पादन वढ्ने गरेको किसानहरुले बताएका छन् । अदुवासँगै मकै खेति लगाउदा दुवै वालिको उत्पादन वढ्ने गरेको पिप्ले २ का कृषक विष्णु कोईरालाले बताउनु भयो । परिक्षणका लागि २ वर्ष अघि थोरै जग्गामा अदुवासँगै मकै खेति लगाए’ कोईरालाले भन्नुभयो‘ दुवै वालिले राम्रो उत्पादन दिएपछी खेति विस्तार गरेको छु ।’ यस वर्ष कोईरालाले ३ रोपनी जग्गामा ३ क्विन्टल अदुवासँगै मकै खेति लगाउनु भएको थियो । अदुवाका लागि आवश्यक पर्ने ओसिलोपन मकैको वोटले दिने र अदुवाका लागि लगाईएको मल र सोतरले मकैलाई थप मल पुग्ने गरेको कोईरालाले बताउनु भयो । कोईरालाले मात्र हैन अहिले पिप्ले गाविसभरका किसानले एकैसाथ अदुवा र मकै खेति सुरु गरेको पिप्ले २ का कृष्णप्रसाद तिम्सिनाले बताउनु भयो । गत बर्षमात्र तेह्रथुमबाट ४ करोड ९० लाख मूल्य वरावरको अदुवा निकासी भएको थियो भने यस बर्ष अझ बढ्न सक्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
Wednesday, September 22nd, 2010
बिराटनगर, ६ असोज । सुनसरीका अलग अलग स्थानमा भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन । पुर्ब पश्चिम राजमार्ग अन्र्तगत इनरुवा ६ मा आज बिहान सवा ७ बजे तीर पश्चिम जाँदै गरेको को १ च ३७६२ नंबरको मारुती भ्यान अनियन्त्रित भइ दुर्घटना हुँदा चालक इनरुवा १का १९ बर्षीय गोबिन्द मण्डल घाइते हुनुभएको छ । मण्डलको इनरुवा अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै हिजो साँझ साढे ६ बजेतीर इटहरी ५ मा पश्चिम जादै गरेको को ८ प ५५७ नंबरको मोटरसाईकलको ठक्करबाट उदयपुर ठोक्सिला १ का ५१ बर्षीय तिलकबहादुर कटुवाल घाइते हुनु भएको छ । कटुवालको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । त्यसैगरी इटहरी चौक मा हिजो साँझ को ५ प ५६६० नंबरको मोटरसाईकलले साईकल यात्री इटहरी ७ की १८ बर्षीया कला राईलाई ठक्कर दिई घाइते बनाएको छ । राइको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Wednesday, September 22nd, 2010
काठमाण्डौ ६ असोज । परीक्षा नियन्त्रण कार्यालयले प्रवेशिका (एसएलसी) को पूरक परीक्षाको परीक्षाफल तीन दिनभित्र प्रकाशन गर्ने भएको छ । परीक्षा नियन्त्रक चित्रप्रसाद देवकोटाले परीक्षाफल प्रकाशनको अन्तिम चरणमा पुगेको बताउँदै यही असोज ८ गतेभित्र नतिजा सार्वजनिक गर्नेगरी तयारी भइरहेको बताउनुभयो । परीक्षामा एक लाख तीन हजार ७११ विद्यार्थी सहभागी थिए । सबैभन्दा बढी अङ्ग्रेजी विषयमा ५५ हजार र गणितमा ४७ हजारले परीक्षा दिएका छन् ।सो परीक्षा गत साउन ३० गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो ।