On Air

BBC NEPALI SEWA
AT 8:45 pm

सुनचाँदी आयातमा प्रतिबन्ध

काठमाण्डौ १८ भदौ । सुनचाँदीमा भन्सार बढाएको अध्यादेश संसदबाट पारित हुन नसकेपछि सरकारले आजदेखि सुन आयातमा प्रतिबन्ध लगाएको छ । अध्यादेशको म्याद सकिएपछि पहिलेकै दरमा आयात गर्दा धेरै सुन भित्रन सक्ने हुँदा शोधानान्तर घाटा बढ्ने देखिएपछि आयात रोकिएको हो । वाणिज्य मन्त्रालयका सहसचिव गणेश ढकालले  अर्को सूचना नभए सम्म का लागि आयात रोकिएको जानकारी दिनु भयो  । सुन ब्यापार सम्बन्धी ल्याइएको बिधेयक आज देखि निष्किय हुदैछ । ब्यबस्थापिका ससद बाट ६० दिन भित्र स्वीकृत नभए अध्यादेश स्वत निष्किय हुने कानुनी प्राबधान छ । सुन आयातमा प्रतिबन्ध लगाउने निर्णय सँगै  बजारमा सुनको अभाब हुने देखिएको छ । यसैबीच वीरगन्जमा हिजो सशस्त्र प्रहरीले  अवैध सुन सहित पक्राउ गरेका दुई जना हिजो साँझ धरौटी राखेर रिहा भएका छन् । चार किलो तीन सय ७२ ग्राम  सुन सहित पक्राउ परेका बीरगन्जको आदर्शनगरका अमित दारुका र घडीअर्वाका कार चालक अरविन्द सिंह एक करोड ४१ लाख १८ हजार रुपैया बराबरको बिगो बमोजिमको धरौटी राखेर रिहा भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

No Comments

Categories National, News | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.