On Air

Mid Hindi Film
AT 8:00 pm

सरकारी बिद्यालयमा पनि अंंग्रेजी माध्यममा पढाई

इलाम १६ भदौ । बालबालिकाको पढाइमा सुधार गर्ने उद्देश्यले इलामको गोदकस्थित नन्द माध्यमिक विद्यालयमा जिल्लामै पहिलोपटक अंग्रेजी माध्यमबाट पढाइ सुरु गरिएको छ । निजी तथा बोडिङ्ग स्कूलहरुप्रति विद्यार्थी र अविभाकको रुचि बढ्न थालेपछि त्यसलाई निरुत्साहित गर्न अंग्रेजी भाषाको माध्यमबाट पढाइ सुरु गरिएको हो । बालमैत्री नमुना विद्यालय कार्यक्रम सुरु भएको विद्यालयमा बोडिङ्गमा सरह नर्सरी, केजीदेखिका कक्षाहरु सुरु गरिएको र जसका लागि ८ जना शिक्षकहरु निजी श्रोतबाट राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोम लुङ्गेलीले बताउनुभयो । लुङ्गेलीका अनुसार त्यसरी कक्षा सञ्चालन गर्न अविभावककै सल्लाह र सहयोगमा भर्ना शुल्कका रुपमा विद्यालयलाई वार्षिक एक हजारदेखि कक्षाअनुसार दुई हजार रुपैयाँसम्म सहयोग रकम उपलब्ध गराउने गरिएको छ । विद्यालयमा नर्सरीदेखि कक्षा दशसम्म ५ सय बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

No Comments

Categories News, Purwanchal | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.