मृगौलियामा दुर्घटना
बिराटनगर भदौ १८ । पुर्ब पश्चिम राजमार्ग अन्र्तगत हिजो साँझ मोरङको मृगौलियामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गंभिर घाइते भएका छन । साँझ ७ बजेतीर पुर्बबाट पश्चिम गइ रहेको को १ च ५०४५ नंबरको पिकअप भ्यान र बिपरीत दिशाबाट आइरहेको को ४ प ९५५९ नंबरको मोटरसाइकल एक आपसमा जुध्दा मोरङको इन्द्रपुर ९ का मोटरसाइकल चालक ४५ बर्षीय मोति थापा र भ्यान चालक मोरङको इटहरा ७ दाम्राभिट्टाका २६ बर्षीय लोकबहादुर कार्की गंबिर घाइते भएका थिए । दुर्घटनामा परि घाइते मोटरसाइकल चालक थापाको उपचारका क्रममा राती सवा ९ बजे बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । अर्का घाइते कार्कीको सोही अस्पतालमा उपचार भइरहेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
Categories News, Purwanchal | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.