माओबादी पदाधिकारी बैठक बस्दै
काठमाण्डौ १८ भदौ । एकिकृत नेकपा माओबादीको पदाधिकारीको बैठक आज बस्ने भएको छ । केन्द्रिय समितीको बैठकमा सदस्यहरुले प्रतिबेदन माथि उठाएका प्रश्नको जवाफ र सहमती नभएका बिषयलाई कसरी बहसमा लैजान भन्ने बिषयमा छलफल गर्न पदाधिकारीको बैठक आज बस्ने भनिए पनि समय र स्थान भने तय भई नसकेको एक नेताले बताएका छन । बैठकले प्रतिबेदनको जवाफ र बिबादीत बिषयलाई कसरी लैजाने भन्ने निर्णय गर्ने बुझिएको छ । अहिले सम्म पार्टीले तीनै प्रतिबेदन राज्यसमिती हुँदै कार्तिक पहिलो साता हुने बिस्तारित बैठकमा बहसका लागी लैजाने तयारी गरेको छ । नौ दिन देखि चल्दै आएको केन्द्रिय कमिटीको बैठकमा अध्यक्ष र दुई उपाध्यक्षले प्रस्तुत गर्नु भएको तीन वटा प्रतिबेदन माथि सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम हिजो सकिएको छ । जवाफको तयारी र प्रधानमन्त्री निर्बाचन नजिकिएकाले भन्दै केन्द्रिय कमिटी बैठक भने केहि दिनका लागी स्थगीत गरिएको छ ।
Categories National, News | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.