On Air

BBC NEPALI SEWA
AT 8:45 pm

मधेशीले माओवादीलाइ समर्थन गर्दैनन् ः ओली

काठमाण्डौ १९ भदौ । नेकपा एमालेका प्रभावशाली नेता खड्गप्रसाद ओलीले मधेशवादी दलका सभाषदले एकीकृत माओवादीको पक्षमा मतदान गर्ने अबस्था नभएको दावी गर्नुभएको छ । उहाँले सभाषद किनबेचकालागि माओवादीले सुरु गरेको खेलले लोकतन्त्रलाइ कमजोर बनाएको समेत टिप्पणी गर्नुभयो । भारतको राजधानी नयाँ दिल्लीवाट स्वदेश फर्कीनेक्रममा त्रिभुवन अन्तराट्रिय विमानस्थलमा संचारकर्मीहरुसंग कुरागर्दै नेता ओलीले मधेशवदी दलले माओवादीलाइ समर्थन गर्ने संभावना गुज्री सकेको बताउनु भएको हो । मधेशवादी दलहरुले माओवादीलाइ समर्थनको संभावनाबारे चर्चा चलिरहेको समयमा ओलीले माओवादी निशस्त्र नभएसम्म उसको नेतृत्वमा सरकार गठनको संभावना नभएको उल्लेख गर्नुभयो । उहाँले भोली हुने निर्वाचनवाट समेत प्रधानमन्त्री नचुनिए सातौ चरणको निर्वाचनमा एमाले तटस्थ नबस्ने जीकिर गर्नुभयो । उपचारका शिलसिलामा नयाँ दिल्ली जानु भएका ओलीले भारतमा रहदा केहि नेताहरुसंग भेटवार्ता गर्नुभएको थियो ।

No Comments

Categories National, News | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.