ब्लेयरको बिरोध
बिराटनगर १९ भदौ । पुर्ब बेलायती प्रधानमन्त्रि टोनी ब्लेयरले बिश्वका लागी इस्लामी कट्टरपन्थीनै सबैभन्दा खतरा रहेको बताउनुभएको छ । इराक र अफगानिस्तानमा आतंकबादी बिरुद्ध संचालन गरिएको कार्बाहीका बेला बेलायती सरकारको नेतृत्व गरिरहनु भएका ब्लेयरले चचेन्या, कश्मीर, अफगानिस्तान र इराकमा फैलिएको कट्टरपन्थीहरुले आफ्ना लडाइका लागी जे पनि गरिरहेकोले सबैभन्दा खतरनाक उनीहरु रहेका बताउनुभएको हो । बिबिसीसंगको एक साक्षात्कारमा ब्लेयरले यदी मौका मिलेमा कट्टरपन्थीहरुले लडाइ जित्नका लागी उनीहरुले परमाणु, वा जैबिक युद्ध पनि छेड्नसक्ने दाबी गर्नुभयो । इरानको परमाणु नितीको बिरोध गर्दै उहाले इस्लामी कट्टरपन्थीलाई सहयोग गर्नेमा इरान सबैभन्दा अगाडी रहेको आरोप समेत लगाउनुभयो ।
Categories International, News | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.