ब्यवसायीको कालोदिन
काठमाण्डौ १६ भदौ । आज भदौ १६ गते आजको दिनलाई वैदेशीक रोजगार व्यवसायीहरुले कालो दिनको रुपमा मनाउदैछन् । इराकमा रोजगारीका लागी गएका १२ नेपालीलाई अतिबादी समुहले निर्ममतापुर्बक हत्या पछि नेपालमा सबै म्यानपावर कम्पनी तोडफोड गरिएको थियो । त्यसैको बिरोधमा नेपाल बैदेशिक रोजगार ब्यबसायी सघले २०६१ साल यता भदौ १६ गतेका दिनलाई कालो दिबसको रुपमा मनाउदै आएको छ । सोही घटनाको विरोधमा सर्वसाधारण नेपालीले काठमाडौ लगायत देशका विभीन्न सहरहरुमा रहेका ३ सय ३५ बैदेशिक रोजगार कार्यालयमा तोडफोड गरी झण्डै ५० करोड भन्दा बढीको क्षती पु¥याएका थिए । अनियन्त्रीत भिडले कतार एयरवेज, उपत्यकाका विभीन्न मस्जीद र संचार माध्यमको कार्यालयमा समेत तोडफोड गरेका थिए । सरकारले सो घटनाको छानविनका लािग तत्कालीन न्यायाधीस टोपबहादुर सिंहको संयोजकत्वमा गठीत आयोगको प्रतिवेदन हालसम्म सार्वजनीक भएको छैन । यसै अवसरमा नेपाल वैदेशिक संघले आज ¥यालीको आयोजना गरेको छ भने म्यान पावरका सबै काम बन्द गरिने जनाएको छ् ।
Categories National, News | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.