बैकले चेक साटेन
संखुवासभा १९ भदौ । संखुवासभामा रहेको राष्ट्रिय वाणिज्य बैंकको चैनपुर शाखाले २० हजार
रुपैयाँ भन्दा बढीको चेक नसाटेपछि ग्राहकहरु मर्कामा परेका छन् । बाटोको समस्याले रकम ल्याउन नसकेको भन्दै बैंकले ४ दिनदेखि पर्याप्त रकम नदिँदा ग्राहकहरु मर्कामा परेका हुन् । बैंकले एउटा खाताबाट २० हजार भन्दा बढी रकम नदिएपछि अन्तिम किस्ता लिई फरफारक गर्न लागेका विभिन्न योजनाका निर्माण उपभोक्ता समितीहरु बढी मारमा परेका छन् । मावादीन मोटरबाटो समितीको खाताबाट डेढ लाख रुपैयाँ झिक्न आउनु भएका कोषाध्यक्ष हर्ककुमार राईले रकम नपाएपछि समस्या भएको बताउनु भयो । बैंकले अझै केही दिन रकमको अभाव रहने जानकारी दिएको ग्राहकहरुले बताएका छन् ।
Categories News, Purwanchal | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.