बिमानस्थलमा परिचयपत्र
बिराटनगर १९ भदौ । विराटनगर नागरिक उड्डयन कार्यालयले आजदेखी विमानस्थलबाट हवाई यात्रा गर्ने सम्पूर्ण यात्रुहरुले अनिवार्य रुपमा परिचय पत्र देखाउनु पर्ने व्यवस्था लागु गरेको छ । विमानस्थल सुरक्षा समितिको निर्णय अनुसार आजदेखी उक्त व्यवस्था लागु हुनेभएको हो । यात्रुहरुले सम्बन्धित वायुसेवाको टिकट चेकिङ काउण्टर र प्रस्थान कक्षमा प्रवेश गर्दा नागरिकता प्रमाणपत्र, राहदानी, सवारी चालक अनुमति पत्र, मतदाता परिचय पत्र, विद्यार्थी परिचय पत्र, प्यान÷भ्याट दर्ता परिचय पत्र वा कुनै दर्तावाला सरकारी तथा गैरसरकारी संघ संस्था, कार्यालयबाट जारी भएको परिचय खुल्ने परिचय पत्र अनिवार्य रुपमा देखाउनु पर्ने ब्यवस्था लागु गरिएको छ । यो ब्यवस्था लागु भएपछि यात्रुहरुलाई आफुलाई थप सुरक्षित महशुस गर्नसक्ने तथा बिमानस्थलको सुरक्षामा सहज हुने बताइएको छ । नयाँ व्यवस्था लागू गर्नका लागी समितीले वायुसेवा, ट्राभल एजेन्सीहरुलाई टिकट खरीद गरेको समयमा विमानस्थल जाँदा परिचयपत्र अनिवार्य रुपमा लिएर जान सुसुचित गर्न आग्रह गरेको छ ।
Categories News, Purwanchal | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.