प्रधानमन्त्री नेपालद्वारा राजदुतहरु सँग परामर्श
काठमाण्डौ १८ भदौ । प्रधानमन्त्री माधव कुमार नेपालले अनमिनको म्याद थप तथा राष्ट्रसंघिय महासभामा नेपालको तर्फबाट दिइन लागेको उमेद्धवारप्रति समर्थन जुटाउन नेपाल स्थित बिभिन्न मुलुकका राजदुतहरु सँग आज पनि परामर्श गर्दै हुनु हुन्छ । प्रधानमन्त्री नेपालले अमेरिका, जापान र बेलायतका राजदुतहरु सँग छुट्टाछुट्टै परामर्श गर्न लाग्नु भएको हो । अमेरिकी राजदुत सँग अहिले केहीबेर पछि हुने छलफल सके पछि अन्य राजदुतहरु सँग छलफल गर्नु हुने बताइएको छ । कुटनितीक परामर्शलाई तिब्रता दिदै आउनु भएका प्रधानमन्त्री नेपालले केहिदिन अघि चिनका राजदुत र रसियन राजदुत सँग छलफल गर्नु भएको थियो । नेपालको शान्ति प्रक्रियामा खटिएको राष्ट्र सघिय राजनितीक मिसन अनमिनको छौटौ पटक थप गरिएको समय यहि भदौ ३० गते सकिदैछ ।
Categories National, News | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.