On Air

Mid Hindi Film
AT 8:00 pm

प्याव्सन भेला जारी

विराटनगर, १९ भदौ । हिजोदेखी बिराटनगरमा शुरु भएको निजी तथा आवासिय बिद्यालय अर्गनाइजेशन प्याव्सनको पुर्वान्चल स्तरीय भेला आजपनि जारी छ । भेलामा संगठन, पेशागत सवाल र पाठ्यक्रम लगायतका विषयमा छलफल भइरहेको प्याव्सनका उपाध्यक्ष टीकाराम पुरीले जानकारी दिनुभयो । छलफलका क्रममा प्याब्सनको हालको संरचणा, केन्द्र क्षेत्र र जिल्ला समिती कायम राख्ने बिषयमा सहभागीहरुबिच सहमती भएको छ । तर राज्य पुर्नसंरचनापछि भने सोही अनुसार प्याब्सनको पनि संरचना गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । त्यस्तै सहभागीहरुले बिद्यालय तथा उच्च माबि तहसम्मका पाठ्यक्रमहरुलाई अन्य मुलुकका पाठ्यक्रम समेतको आधारमा परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले पाठ्क्रम अन्य मुलुकहरु भन्दा फरक हुदा नेपालको जनशक्तिले बिश्व बजारमा प्रतिष्पर्धा गर्न नसक्ने भएकाले परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन् । उपाध्यक्ष पुरीका अनुसार सहभागीहरुले अहिले उच्च माबि तहको परिक्षामा थुप्रै बिकृतीहरु देखा परेकाले त्यसलाई नियन्त्रण गर्न सरकारसंग समन्वय गरेर अगाडी बढ्नुपर्ने तथा मुल्यांकन बिधीलाई बैज्ञानिक बनाउनुपर्ने पनि बताएका छन् । भेलामा प्याव्सनका केन्द्रीय र पूर्वाञ्चलका पदाधिकारीहरु समेत सहभागी भइरहेका छन् ।

No Comments

Categories News, Purwanchal | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.