On Air

Mid Hindi Film
AT 8:00 pm

धरानमा बिमानस्थल बनाउने सपना अझै पुरा हुन सकेन

धरान, १६ भदौ । विमान स्थल निर्माण गर्नका लागि लगानी गर्न तत्पर रहेको नीजि कम्पनीलेलाई सरकारले स्विकृति नदिएपछि सुनसरीको धरानका बासिन्दाहरुको जहाज चढने सपना अधुरै भएको छ । करिब ७ वर्षदेखि शुरु गरिएको विमानस्थल निर्माणको पहलले हालसम्म पनि कुनै निकाश पाउन सकेको छैन । नीजी क्षेत्रले गरेको वारम्वारको पहलसंगै नगरपालिकाले समेत निकै चासो दिएको थियो । प्रत्येक पर्यटन तथा संस्कृति मन्त्रीलाई ज्ञापन पत्र वुझाउने गरिएपनि राजनीतिक पूर्वाग्रहका कारण रोकीदै आएको नगरवासीले आरोप लगाएका छन् । बिमानस्थल बन्ने आशमा सस्तो मूल्यमा जग्गा विक्री गरेका स्थानीय वासिन्दाले गाउमा हवाईमैदान वन्ने आसामा आफूहरुले सस्तोमा जग्गा कम्पनीलाई दिएपनि खरिदकर्ता कम्पनीले महंगो मूल्यांकन गराई बैंकमा राखेको निर्माणस्थल धरान–१७ का बासिन्दाले आरोप लगाउदै आएका छन् । तर खरिदकर्ता यति इन्कर्पाेरेटका संचालकहरुले भने त्यस्तो नभएको जिकिर गदै आएका छन । धरानमा विमानस्थल बन्ने आसमा ७ वर्षअघि न्युन मूल्यमा कम्पनीलाई जग्गा दिएका स्थानीय वासिन्दाले सात वितिसक्दापनि विमानस्थल नबनेपछि जग्गा फिर्ता गर्न दवाव दिदै आएका छन् । यता कर्पाेरेटका निर्देशक विजय श्रेष्ठले नीजी क्षेत्रलाई धराशायी वनाउने सरकारी नीतिका कारण निर्माण गर्न समस्या परेको दावी गदै आउनु भएको छ । उहाले सरकारी रवैयाका कारण धरानमा जग्गा खरिद गरीसकेपनि गरेपनि विमानस्थल बनाउन नसकिएको स्पष्ट पार्नुभयो । उहाले सरकारले स्विकृति दिएमा लगानी गर्न आफू प्रतिबद्ध रहेको बताउनु भयो ।

No Comments

Categories News, Purwanchal | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.