On Air

Mid Hindi Film
AT 8:00 pm

छौटो चरणको निर्बाचन पनि उपलब्धी बिहीन हुने

काठमाण्डौ १८ भदौ । छैटो चरणकोे निर्बाचनमा सहमती जुटाउने बताउदै आएका प्रमुख दलहरु बिच  मतादन हुने समय आउन २ दिन मात्र बाँकि रहदाँ सम्म पनि कुनै किसीमको  छलफल र सहमती जुट्न सकेको छैन ।  सहमती जुटाउनका लागी  छलफललाई जारी राख्नु पर्ने अबस्थामा प्रमुख दल् माओबादी, कग्रेश, एमाले र मधेशी मोर्चाहरु आ आफनो मागमा अडिग रहेका छन । केहि दिन अघि दलहरु बिच दुई पक्षिय छलफल भए पनि निर्बाचन नजिकीदै जाँदा त्यसले जति तिब्रता पाउनु पर्नै हो त्यो हुन  सकिरहेको छैन । भएका छलफल  पनि अडानका कारण निष्कर्ष बिहिन हुने गरेका छन । यसले गर्दा पनि २० गते हुने छौटो चरणको निर्बाचन पनि परिणाम मुखि नहुने लगभग निश्चित जस्तै भएको छ । नेकपा एमाले र मधेशी मोर्चा तटस्थ बस्दै आएका कारण यस अघि पाँच पटक सम्म भएको निर्बाचन पनि परिणाममुखि हुदै आएको हो । एमाले छौटो चरणको निर्बाचनमा पनि तटस्ट बस्ने बताएको छ भने मधेशी मोर्चामा रहेका केहि दलहरुले भने तटस्थता तोडने पक्षमा देखिएका छन । राष्ट्रिय सहमतीका लागी भन्दै एमालेले पहल सुरु गरे पनि त्यो सफल हुन भने सकेको छैन । प्रधानमन्त्री चयनको निर्बाचनमा कग्रेशका उपसभापति रामचन्द्र पौडेल र माओबादीका अध्यक्ष्ाँ पुष्पकमल दाहाल चुनाबी मैदानमा रहनु भएको छ ।

No Comments

Categories National, News | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.