छौटो चरणको निर्बाचन पनि उपलब्धी बिहीन हुने
काठमाण्डौ १९ भदौ । छैटौ चरणकोे प्रधानमन्त्री चुनाब आउन एक दिनमात्र बाँकी रहदापनि दलहरुवीच नयाँ प्रधानमन्त्री चयनका लागि कुनै सहमति हुन नसक्दा भोली हुने चुनाब पनि परिणाम विहीन हुने सम्भावना बढ्दै गएको छ । पाँचौ चरणसम्मको निर्बाचनबाट पनि प्रधानमन्त्री चयन हुन नसकेकापछि दलहरुले सहमती कायमका लागि २ साताको समय माग गरेपछि प्रधानमन्त्री निर्वाचनको मिति भदौ २० गतेका लागि तय गरेको थियो । तर, यसवीचमा प्रमुख दलहरु एकपटक पनि सामुहीक छलफलमा जुट्न नसकेको मात्र हैन, दलहरु आ आफ्नो अडान कायम रहदै एकआर्कामा आरोप प्रत्यारोप मै व्यस्त बने । सहमतिको प्रयासका लागि साता बुँदे आधारपत्र तयार पारेको नेकपा एमालेले समेत प्रमुख दलहरुवीच छलफल गराउन असफल बन्यो । एमालेले आज पनि प्रमुख दलहरुवीच छलफलको पहल गरिने जनाइए पनि छलफलको समय तय भएको छैन । बहुमतीय प्रणालीमा तटस्थ बस्दै आएको एमालेले दलहरुवीच सहमतिका लागि भन्दै तयार पारेको ७ बुँदे आधारपत्रको बारेमा समेत हालसम्म कुनै छलफल भएको छैन । दलहरु यसवीचमा आ आफ्नो पार्टीको आन्तरिक बैठक नै बढी व्यस्त देखियो । काँग्रेसले केन्द्रीय समितिको बैठकमार्फत आसन्न १२ महाधिवेशनको नीति तथा कार्यक्रम पारित गर्यो भने एकीकृत माओवादीले १० दिन लामो केन्द्रीय समितको बैठक सम्प्न्न गरेको छ । दलहरुवीच सहमतिको लागि भन्दै २ साताको समय माग गरेपनि सहमतिको लागि एक दिन पनि नछुट्याएका कारण भोली हुने निर्वाचनमा पनि प्रधानमन्त्री चयन हुने सम्भावना क्षीण बन्दै गएको छ । व्यबस्थापिका संसदमा प्रधानमन्त्री चयनका लागि यही भदौ ७ गते भएको पाँचौ चरणको निर्वाचनमा पनि माओवादी र कागे्रसका दुबै उमेदवारले स्पष्ट बहुमत नल्याएपछि प्रधानमन्त्री चयनका लागि भदौ २० गते छैठौ पटक मतदान हुने समय तोकिएको थियो । बहुमतीय प्रणालीप्रति असहमति जनाउदै नेकपा एमाले, मधेशवादी दलको मोर्चा र अन्य साना दलहरुसमेत तटस्थ बसेपछि यसअघि गत साउन ५, ७, १७ र २१ गते भएको निर्वाचनमा समेत प्रधानमन्त्री चयन हुन सकेको थिएन । ती दलहरुको अडान अलिहे पनि कायमै छ । यसैवीच राजनीतिक निकासमा प्रमुख दलहरुले देखाएको गैरजिम्मेवार व्यवहारप्रति नागरिक अधिकारकर्मीहरुले गम्भीर आप्त्ति जनाएको छ । दलहरुको यो व्यवहार संविधान निर्माणलाई दलहरुले प्राथमिकता नदिएको पुष्टि भएको उनीहरुको भनाई छ ।
Categories National, News | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.