On Air

Mid Hindi Film
AT 8:00 pm

गोली हानी हत्या

बिराटनगर १८ भदौ । तराईमा सशस्त्र संघर्ष गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंहका कार्यकर्ताले गएराती सर्लाहीमा एक व्यापारीको गोली हानी हत्या गरेको छन् । सर्लाहीको बरहथवामा किराना पसल गरेर बसेका ३४ वर्षिय शम्भू दास लाई राती सवा ८ बजेतिर पसल बन्द गरि घर जादै गर्दा उनी माथि गोली प्रहार गरिएको थियो । छातीमा पाँच गोली लागेको  दासको बरहथवा प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको  थियो । यसैबिच सर्लाहिको भक्तिपुरमा हिजो साँझ प्रहरी सँगको भिडन्तमा  दुई डाँकाको मृत्यु भएको छ ।  गस्तीमा खटेको प्रहरीले चेकजाँच गर्न लाग्दा डाँका समुहले प्रहरी माथि गोली हाने पछि भिडन्त भएको सर्लाहिका प्रहरी उपरिक्षक पुर्ण चन्द्र जोशीले जानकारी दिनु भयो । ६ जना हतियारधारी मध्ये दुई जनाको घटना स्थलमा मृत्यु भएको र अन्य भागेको प्रहरीले जनाएको छ । प्रहरीले घटना स्थल बाट केहि हतियार बरामद गरेको छ ।

No Comments

Categories National, News | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.