कुखुरा उत्पादनमा प्रभाव
बिराटनगर १९ भदौ । भन्सार छलेर भित्र्याइएका भारतीय कुखुराका कारण उत्पादनमा प्रभाव परेको गुनासो सिराहा लहानका स्थानीय व्यवसायीले गरेका छन् । सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको भए पनि अत्यधिक मात्रामा भारतीय कुखुरा लुकिछिपी ल्याइनाले व्यवसाय प्रभावितमात्र होइन बर्डफ्लुको सन्त्रास पनि बढेको उनीहरुले बताएका छन् । सीमा नाकामा रहेको सुरक्षा जाँच र क्वारेन्टाइन कार्यालय कमजोर हुँदा भारतबाट कुखुरा भित्रिने गरेकोले आफ्नो व्यवसाय चौपट भएको उनीहरुले बताएका छन् । कुखुरा व्यवसायीका अनुसार सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको मिलोमतोमा भारतबाट दैनिकरुपमा कुखुरा, चल्ला र अण्डा भित्रिने गरेका छन् । यसैक्रममा हालैमात्र प्रहरीले पाँच लाख रुपैया बराबरको छ हजार भारतीय चल्ला सिराहा को कदमाहाबाट बरामद गरेको थियो ।
Categories News, Purwanchal | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.