On Air

BBC NEPALI SEWA
AT 8:45 pm

कग्रेश केन्द्रिय समिती बैठक आज बस्दै

काठमाण्डौ १८ भदौ । कग्रेशको आशन्न १२ औ महाधिवेशनमा प्रस्तुत गर्ने निति तथा कार्यक्रमको मस्यौदा माथि केन्द्रिय समिती बैठकमा आज पनि छलफल जारी रहने भएको छ । पार्टी कार्यालय सानेपामा अहिले केहीबेर पछि बस्ने बैठकमा बाँकी केन्द्रिय सदस्यले बोल्ने क्रम सकिए पछि त्यसलाई परिमार्जन सहित पारित गरिने केन्द्रिय सदस्य गोबिन्दराज जोशीले जानकारी दिनु भयो । पारित गरिए पछि सो  मस्यौदालाई आगामी असोज १ देखि ५ गते सम्म राजधानीमा हुने १२ औ महाधिबेशनमा प्रस्तुत गरिनेछ । वरिष्ठ नेता शेरबहादुर देउवाको संयोजकत्वमा गठित समितिले तयार गरेको निती तथा कार्यक्रमको उक्त मस्यौदा माथि केहिदिन यता केन्द्रिय समिती बैठकमा बृहत रुपमा बहस तथा छलफल चल्दै आएको छ । महाधिबेशनमा प्रस्तुत गरिने निती तथा कार्यक्रमको उक्त मस्यौदामा आर्थिक निति, परराष्ट निति,संगठन सुदृढिकरण र अन्तरपार्टी सँगको  सम्बन्ध  लगायका बिषयमा  बिबेचना गरिएको छ ।

No Comments

Categories National, News | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.