On Air

BBC NEPALI SEWA
AT 8:45 pm

एमालले कांग्रेसलाई सघाउनुपर्छ ः मन्त्रि महत

बिराटनगर १९ भदौ । उर्जामन्त्री प्रकाशशरण महतले अबको प्रधानमन्त्रिको निर्बाचनमा एमाललेले कांग्रेसलाई सघाउनुपर्ने बताउनु भएको छ । आज बिहान प्रेस युनियन मोरङ्गले बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मलेनमा कांग्रेस केन्द्रिय सदस्य समेत रहनुभएका मन्त्रि महतले एकिकृत माओबादीलाइ लोकतान्त्रिक र बहुलबादी बनाउन पनि एमालेले कांग्रेसलाई सघाउनुपर्ने तर्क गर्नुभएको हो । उहाले शान्ति प्रक्रियाप्रति एकिकृत माओबादी जिम्मेवार र उत्तरदायी नभई सत्ता कब्जा गर्ने तर्फ अगाडी बढेकाले सहमती कहिले हुन्छ भन्ने माओबादीलाई सोध्नुपर्ने बताउनुभयो । उहाले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन र निर्धारित समयमा संबिधान निर्माणका लागी कांग्रेस नेतृत्वको सरकारको बिकल्प नभएको दाबी गर्नुभयो । तर यदी माओबादीको लडाकुको समायोजन, हतियार ब्यवस्थापन लगायतक बिषयमा दलहरुबिच ठोस सहमती भएमा माओबादी नेतृत्वको सरकार कांग्रेसलाई स्विकार हुने समेत प्रष्ट पार्नुभयो । तर अहिलेकै अवस्थामा माओबादी नेतृत्वको सरकार बन्नु मुलुककै लागी दुर्भाग्य हुने चेतावनी समेत दिनुभयो । मन्त्रि महतले अर्को एक प्रसगमा कांग्रेसको १२ औ महाधिबेशनले पाटीलाई नया दिशा दिने समेत दाबी गर्नुभयो ।

No Comments

Categories National, News | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.