इष्टुले आन्दोलन गर्ने
विराटनगर, भदौ १८ । नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)सुनसरीले आफ्ना मागहरु प्रति निजी विद्यालयहरुले बेवास्था गरेको भन्दै यही भदौ २२ र २३ गते जिल्लाका निजी विद्यालयहरु बन्द गर्ने भएको छ । निजी विद्यालय अर्गनाइजेशन प्याब्सन र एन प्याब्सन संग साउन अन्तिम साता आन्दोलनका क्रममा भएको सहमती अनुसार कुनैपनि काम नभएको भन्दै इस्टु सुनसरीले दुई दिन विद्यालय बन्द गराउने भएको हो । इस्टु सुनसरीका अध्यक्ष मनोज खनालले एक प्रेस विज्ञप्ती जारी गर्दै प्याब्सन र एनप्याब्सनले भदौ १ गते छलफल गरेर निकास निकाल्ने प्रतिबद्धता जनाएपनि त्यसपछि कुनै चासो नकोका भन्दै देखाएपछि आफुहरुले राखेका सेवा सुविधा सम्बन्धी माग पुरा गराउन बाध्य भएर पुनः आन्दोलनमा उत्रिनु परेको जानकारी गराउनु भएको छ । साथै इस्टुले भदौ २३ गते धरानको भानु चौक र इटहरी चौकमा विरोघ सभा गर्ने, त्यति हुँदापनि प्याब्सन र एनप्याब्सनले माग पुरा गराउन कुनै चासो नदेखाए भदौ २४ गतेदेखि अनिश्चितकालीन निजी विद्यालय बन्द गर्ने चेतावनी समेत दिएको छ । इस्टुले निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुलाई नियुक्ति पत्र र दशैं खर्च उपलब्ध गराउनु पर्ने, सरकारी तलब स्केल अनुसार तलब तथा सुविधा र संञ्चय कोषको ब्यवस्था गर्नुपर्ने लगायतका माग गर्दै आन्दोलन गर्दै आएको छ ।
Categories News, Purwanchal | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.