On Air

Mid Hindi Film
AT 8:00 pm

इराकमा अमेरिकी सैन्य अभियान समाप्त

काठमाडौँ, १६ भदौ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकमा गएराती देखि सैन्य अभियान समाप्त भएको घोषणा गर्दै नयाँ निती सार्बजनिक गर्नु भएको छ । ओभल स्थित आफ्नो कार्यालय बाट  टेलिभजन मार्फत सम्बोधन गर्दै राष्ट्रपति ओबामाले इराकी फ्रिडम अपरेशन समाप्त भएको घोषणा गर्दै आफनो देशको सुरक्षाको जिम्मेवारी सम्हाल्न इराकी जनतालाईै नै दिनु भएको छ  । उहाँले सैन्य अभियान समाप्त अमेरिका र इराक दुबै देशको हितका लागी भएको उल्लेख गर्नु भयो । राष्ट्रपति ओबामाले इराकी सरकार र जनताका लागी भने सधै सहयोग जारी राख्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । यो घोषणा गर्नु पुर्ब राष्टपति ओबामाले पुर्ब राष्टपति जर्ज डब्लु बुश सँग पनि छलफल गर्नु भएको बिबिसीले उल्लेख गरेको छ । पुर्ब राष्टपति बुसले अमेरिकालाई इराक युद्धमा धकेलेको आरोप लगाइउको छ । सात बर्ष सम्म अमेरिकी जनताले गरेको बलिदानको प्रशसा गर्दै  उहाँले आबश्यक अमेरिकी फोर्स भने इराकमा रहने बताउनु भयो । राष्ट्रपति ओबामाले सम्बोधनका क्रममा अमेरिकाले अफगानस्थानमा तालिबान बिरुद्ध गरेको कारबाहीको बारेमा पनि चर्चा गर्नु भएको थियो ।

No Comments

Categories International, News | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.