On Air

Mid Hindi Film
AT 8:00 pm

Archive for September, 2010

मोटरसाइकलले ठक्कर दिदा एक जना घाइते

Thursday, September 30th, 2010

बिराटनगर १४ असोज । पुर्बपश्चिम राजमार्ग अन्तर्गत झापाको दमकमा मोटरसाइकलले ठक्कर दिदा साइकलयात्री घाइते भएका छन् । आज बिहान दमक ११ मा मे ३ प १३२२ नम्बरको मोटरसाइकलले ठक्कर दिदा साइकलत्रात्री बेल्डागी ३ का ३५ बर्षिय दुर्गा बिष्ट घाइते हुनुभएको हो । घाइते बिष्टलाई उपचारका लागी न्युरो अस्पताल बिराटनगर ल्याइएको छ । बिष्टको अवस्था चिन्ताजनक रहेको र चालक सहित मोटरसाइकललाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको पुर्ब क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।


भाईरल ज्वरोले डेढ सय विद्यार्थी विरामी

Thursday, September 30th, 2010

संखुवासभा, १४ असोज । संखुवासभा जिल्लाको आखिभुई गाविसमा रहेको भगवति माध्यमिक विध्यालयमा १ सय ५० भन्दा वढि विद्यार्थी भाईरल ज्वरोको कारण विरामी परेका छन । विद्यालयका विध्यार्थीमा १० दिन अगाडी वाट भाईरल ज्वरो शुरु भएको नेपाल रेडक्रस सोसाईटी उपशाखा अाँखिभुईका सभापति खगेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । उहाँले ज्वरो आई सिकिस्त परेका १० जना भन्दा वढि विद्यार्र्र्थीलाई स्थानिय स्तरमा उपचार हुन नसकेपछि धनकुटा  र धरान तर्फ लगीएको र अन्यको स्थानिय स्वास्थ्य चौकिमा उपचार भैरहेको वताउनु भयो । अहिले पनि भाईरल ज्वरोले थप विध्यार्थी विरामी हुँदै गएकोले विध्यालयनै वन्द गर्नु पर्ने अवस्था भएको वताईएको छ । स्वास्थ्य कार्यालयले भाईरल ज्वरोको बारेमा जानकारी प्राप्त भईसकेको र विरामीको उपचारमा ध्यान दिन स्थानीय स्वास्थ्य संस्थालाई खवर गरि सकिएको जनाएको छ ।


टेलिफोनको तार चार्ने पक्राउ

Thursday, September 30th, 2010

विराटनगर, १४ असोज । मोरङको कटहरी बजारमा पोलमा चढेर टेलिफोनको तार काट्ने एक युवकलाई  गएराति प्रहरीले नियन्त्रणमा लिएको छ । बजार क्षेत्रकै पोलमा चढेर तार काट्दै गरेका कटहरी–६ का १६ वर्षीय मनोज सहनीलाई पक्राउ गरिएको सीआरभी प्रहरीले जनाएको छ । मोरङका दक्षिणी गाविसहरुमा तार चोरी हुने गरेकाले त्यस क्षेत्रमा वर्षौदेखि टेलिफोन लाईन सुचारु हुन सकेको छैन । मोरङको हुलाकी राजमार्गमा पर्ने दक्षिणी गाविसहरुमा तार काटिएका टेलिफोनको पोलहरु मात्रै रहेका छन् ।


मोरङ्गबाट गाजा बरामद

Thursday, September 30th, 2010

 
विराटनगर, १४ असोज । मोरङको बयरवन ६ स्थित खोरिया भन्ने ठाउमा गएराति तस्करी हुदै गरेको ३० किलो गाजा गाउलेले नियन्त्रणमा लिएका छन् । राति साढे ९ बजे साइकलमा हालेर भारत तर्फ लगिदै गरेको गाजा गाउलेले नियन्त्रणमा लिएका हुन् । मोरङको पहाडी गाविसमा उत्पादीत सो गाजा भारतीय मुलका ब्यक्तिहरुले लैजादै थिए । नियन्त्रणमा लिएको गाजा गाउलेले प्रहरीलाई बोलाएर जिम्मा लगाएका छन् । गाउलेले सोधखोज गर्दा साइकल र गाजा छाडेर दुई जना ब्यक्ति फरार भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रुद्र चुडालले बताउनु भयो ।


जितिया ब्रत शुरु

Thursday, September 30th, 2010

काठमाण्डौ १४ असोज । प्रत्येक वर्ष आश्विन सप्तमीको तिथि देखि ३६ घन्टासम्म उपवास बसी मनाइने जितिया पर्वको अवसरमा आजदेखि मैथिली महिलाहरु ब्रत बसेका छन् । मैथिलानी तथा थारु समुदायका महिलाहरुले सन्तानको  दीर्घायु तथा समृद्धिको कामनाका लागि आज सुर्योदय अगावै व्रत सुरु गरी भोली अपरान्ह साढे ४ बजेपछि सम्पन्न गर्नेछन् । यो व्रत गरेपछि कुनै पनि प्रकारको आपतविपतमा पर्दा पनि सन्तानको जीवन सुरक्षित रहने धार्मिक विश्वास रहेको छ । यो पर्वमा व्रतालु महिलाहरुले जिमूतवाहनको देउताको पुजा गर्ने भएकाले यस पर्वलाई जितिया पर्वभन्ने गरिएको बताईन्छ ।  यस वर्ष देखि जितिया पर्वको अबसरमा नेपाल सरकारले आज मिथिलाकानारीहरुलाई सार्वजनिक विदा दिएको छ ।


गृहमन्त्रि र थाइल्याण्डका बिदेश मन्त्रिबिच भेट

Thursday, September 30th, 2010

काठमाण्डौ १४ असोज । संयुक्त राष्ट्रसङ्घको ६५ औं महासभामा भाग लिने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्कमा रहनुभएका गृहमन्त्री भीमबहादुर रावलले थाइल्यान्डका विदेशमन्त्री कासित पिरोम्यासँग आज बिहान भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयका साथै अन्तर्राष्ट्रिय मञ्चहरुमा सहयोग आदानप्रदान गर्नेसम्बन्धमा विचारविमर्श भएको न्यूयोर्कस्थित राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगले जनाएको छ । भेटका अवसरमा प्रधानमन्त्री माधवकुमार नेपालका विशेष सल्लाहकार कुलचन्द्र गौतम, राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि ज्ञानचन्द्र आचार्य र परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाप्रसाद भट्टराई पनि सहभागी हुनुहुन्थ्यो ।


प्रधानमन्त्रिले बजेटबारे छलफल गर्ने

Thursday, September 30th, 2010

काठमाण्डौ १४ असोज । प्रधानमन्त्री माधवकुमार नेपालले कात्तिक १ गते भित्रै पुर्ण बजेट ल्याउने बिषयमा आज प्रमुख दलका शिर्ष नेताहरु सँग छलफल गर्नु हुने भएको छ । प्रधानमन्त्री कार्यालय सिहदरबामा मध्यान्ह १२ बजे पछि सो छलफल हुने जनाइएको छ । छलफलमा राजनीतिक गतिरोधका कारण सरकार गठन हुन नसक्दा बजेट ल्याउन भईरहेको ढिलाई, यसबाट पर्ने प्रभाव र आर्थिक संकट बारे छलफल हुने बताइएको छ । सरकारले ल्याएको पुरक बजेटले कार्तिकको पहिलो साता सम्म मात्र सरकारी खर्च धान्ने हुँदा त्यस पछि आउन सक्ने आर्थिक सकटलाई  मध्यनजर गर्दै कामचलाउ सरकारले ल्याउन लागेको पुरक बजेटको बिषयमा दलहरुको रायसुझाब लिन प्रधानमन्त्री नेपालले दलका शिर्षनेताहरु सँग छलफल गर्न लाग्नु भएको हो । बजेट ल्याउने सम्बन्धमा प्रधानमन्त्री नेपालले हिजो  अर्थविद्हरुसँग  छलफल गर्नु भएको थियो । प्रधानमन्त्री नेपालले गत असार १६ गते राजीनामा दिएपछि मुलुक कामचलाउ सरकारको भरमा  चलिरहेको छ । कार्तिकको पहिलो  साता सम्म पनि नयाँ सरकार बन्न नसके बर्तमान सरकारले नै पूर्ण बजेट ल्याउनका  लागी दलहरुको सुझाब लिन प्रधानमन्त्री नेपालले यो छलफल गर्न लाग्नु भएको हो । एकिकृत नेकपा माओबादीले काम चलाउ सरकारलाई  पुर्ण बजेट ल्याउन सक्ने हैसियत नभएको भन्दै त्यसको बिरोध गर्दै आएको छ ।


सेनाका बारेमा अदालतमा आज निर्णय हुने

Thursday, September 30th, 2010

काठमाण्डौ १४ असोज । नेपाली सेनाको सञ्चालन र कारबाही प्रक्रियामा राष्ट्रपतिको अधिकारका बारेमा विवादमा आज सर्वोच्च अदालतले निर्णय गर्ने भएको छ । माओबादीको सरकारले तत्कालिन सेनापति रुकमाङगत कटुवाललाई बर्खास्त गर्ने निर्णय राष्ट्रपति रामबरण यादवले उल्ट्याइदिएपछि सेनामा राष्ट्रपतिको अधिकार क्षेत्रबारे इन्हुरेड इन्टरनेशनलले गत बर्ष बैशाख २१ गते सर्वाच्चमा रिट दायर गरेको थियो । सो विवादका बारेमा सबै कानुनी प्रक्रिया पुरा भईसकेकाले आज न्यायाधिश तपबहादुर मगर, प्रेम शर्मा र मोहन प्रकाश सिटौलाको पूर्ण इजलासले निर्णय दिने बताईएको छ ।


प्रधानमन्त्रि चयनका लागी नवौ चरणको निर्बाचन आज

Thursday, September 30th, 2010

काठमाण्डौ १४ असोज । व्यबस्थापिका संसदमा प्रधानमन्त्री चयनका लागि आज नवौ चरणको मतदान हुदैछ । संविधानसभा भवन नयाँ वानेश्वरमा दिउसो तीन बजे बस्ने बैठकमा एकमात्र उम्मेदवार रामचन्द्र पौडेलको प्रस्ताव माथी मतदान हुनेछ । माओबादीका तर्फबाट प्रधानमन्त्रीमा उम्मेदवारी दिनु भएका पुष्पकमल दाहाल प्रचण्डले आठौ चरणको निर्बाचनबाट औपचारीक रुपमा उमेदवारी फिर्ता लिए पछि कग्रेशका उमेदवार पौडेल मात्र चुनाबी मैदानमा रहनु भएको हो । एकीकृत नेकपा माओवादी, नेकपा एमाले, मधेशी जनअधिकार फोरम लगायत बहुमत सभाषद मतदान प्रक्रिर्यामा भाग नलिने भएकोले नवौ निर्वाचनपनि व्यर्थ हुने निश्चित छ । नेपाली कग्रेशले शान्ति र सबिधान सुनिश्चतता नभए सम्म आफ्नो पार्टीका तर्फबाट  उमेदवारी फिर्ता नलिने अडान लिएका कारण ससद नियमाबली शसोधन नभए सम्म परिणाम बिहिन भए पनि निर्बाचन प्रक्रिया दोहोरिरहने देखिएको हो । यसैबिच कार्यब्यबस्था परामर्श समितीको बैठक बस्दैछ । सबिधान सभा भबन नयाँबानेश्वरमा बस्ने बैठकमा अघिकाश दलहरु आज हुने मतदान प्रक्रियामा सहभागी नहुने बताएका कारण  नबौ पटकको प्रधानमन्त्री निर्बाचन पनि ब्यस्र्थ हुने देखिएकाले यसलाई रोकेर कसरी नयाँ प्रक्रिया सुरु गर्ने  भन्ने लगायतका बिषयमा छलफल हुने जनाइएको छ । बैठकमा माओबादी र  एमाले लगायतका दलहरुले  बहुमत सभाषद निर्वाचन प्रक्रिर्या बाहिर रहेको भन्दै संसद नियमाबली संशोधनको प्रस्ताव राख्ने बुझिएको छ ।सभामुख सुवासचन्द्र नेम्वाङ्गले दलहरुबीच सहमति भएमात्र नियमाबली संशोधन लगायतका विकल्पमा जान सकिने बताउदै आउनु भएको छ  ।


प्रधानमन्त्रीको निर्बाचन आठौ चरणमा

Sunday, September 26th, 2010

काठमाण्डौ १० असोज । व्यवस्थापिका संसदमा प्रधानमन्त्री चयनका लागि आज आठौ चरणको निर्वाचन हुदैछ । संविधान सभा भवन नया बानेश्वरमा अपरान्ह तीन बजेपछि बस्ने बैठकमा प्रधानमन्त्री चयनकालागि आठौ चरणको निर्वाचन हुने लागेको हो । नेकपा एमाले र एकिकृत नेकपा माओबादी आज हुने निर्बाचनमा सहभागी नहुने र मधेशबादी मोर्चा तथा साना दलहरुले तटस्थता बस्ने निर्णयलाई कायमै राखेकोले आज हुने निर्वाचनबाट पनि मुलुकले नया प्रधानमन्त्री नपाउने निश्चित छ । एकीकृत नेकपा माओवादी र एमालेसग तीन बुदे सहमति गर्दै चुनावी प्रक्रियाबाट बाहिरिएको घोषणा गरिसकेको छ । यद्धपि माओवादीले आफ्नो उम्मेद्धारी विधिवत् रुपमा फिर्ता भने गरेको छैन । व्यबस्थापिका संसदमा यसअघि साउन ५ देखी सुरु भइ भदौ २५ समते ७ पटक निर्वाचन भइसकेको छ । संसद बैठक अघि कार्यब्यबस्था परामर्श समितीको बैठक बसीरहेको छ । संसद सचिबालय सिंहदरवारमा जारी बैठकमा आठौ चरणको निर्बाचनलाई रोकेर नयाँ प्रक्रियामा कसरी जान सकिन्छ भन्ने बारेमा मुख्य रुपमा छलफल भइरहेको बताइएको छ । प्रमुख दलहरु माओबादी, एमाले, मधेशी मोर्चा तटस्थ बस्ने भएपछि कग्रेश उमेदवार पौडेलको पक्षमा जति पटक निर्बाचन गरे पनि बहुमत नपुग्ने हुँदा नयाँ प्रक्रिया सुरु गर्ने सम्बन्धमा सभामुखले दलका नेताहरु छलफल गर्न लाग्नु भएको हो । प्रधानमन्त्रीको प्रतिस्पर्धामा रहेका दुई उमेदवार मध्ये माओबादीका अध्यक्ष प्रचण्डले उमेदवारी फिर्ता लिए पछि अहिले कग्रेशका प्रत्यासी रामचन्द्र पौडेल मात्र चुनाबी मैदानमा रहनु भएको छ ।