Archive for August, 2010
Monday, August 30th, 2010
बिराटनगर १४ भदौ । सप्तरीको बदगामा गएराति भएको भिषण आगलागीमा २० लाख रुपैया भन्दा बढीको क्षति भएको छ । बदगामा गाविस–२ का सत्यनारायण यादवको गाई गोठबाट सल्केको आगो फैलिएर भएको सो आगलागीमा स्थानीय नौ परिवारको १५ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी घरमा रहेको खाद्यान्न, लताकपडा, फर्निचरलगायत सम्पूर्ण समान जलेर नष्ट भएको पीडितलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । राति ९ बजे भएको आगलागी राजविराज नगरपालिका र सुनसरीको इनरुवा नगरपालिकाबाट गएको बारुणयन्त्रले राति ११ बजे नियन्त्रणमा लिएको थियो ।
Monday, August 30th, 2010
काठमाण्डौ १४ भदौ । अफगानस्थानमा हुने ससदीय निर्बाचनमा उमेदवारी दिएका एक जना महिला उमेदवारको पक्षमा प्रचारमा खटिएका १० जनालाई बिद्रोहीले अपहरण गरेकोमा ५ जनाको हत्या गरेको छ । गत बुधबार अपहरणमा परेका १० मध्ये ५ जनाको पश्चिमी हेरात प्रान्तमा हत्या गरिएको अबस्थामा शब फेला परेको हो । ५ जनालाई भने यस अघि नै मुक्त गरिएको थियो । हत्या कस्ले गरेको हो भन्ने सम्बन्धमा खुल्न नसकेको समाचारमा जनाइएको छ । प्रहरी प्रमुख निसार अमाडले ती शबहरु टाउकोमा गोली लागेको अबस्थामा भेटिएको बताएका छन । सेप्टेम्बरमा हुने पुर्न निर्बाचनमा उमेदवारी दिएका फैजी गलानीको प्रचार प्रसारका लागी उनीहरु काम गर्दै आएका थिए । तालिबानी बिद्रोहीहरुले महिला उमेदवारको बिरोध गर्दै आएको छ । भने केहि उमेदवारलाई मार्ने सम्मको धम्कि दिदै आएको छ । सेप्टेम्वर १८ का दिन तल्लो सदनका लागी हुने २ सय ४९ को सिटको निर्बाचनका लागी २५ सय भन्दा बढिले उमेदवारी दिएका छन ।
काठमाण्डौ १४ भदौ । एकीकृत नेकपा माओवादीको केन्द्रिय कमिटीको बैठक आज पनि जारी रहेको छ । कोटेश्वर पेरिसडाँडा स्थित पार्टी केन्द्रिय कार्यालयलमा केहिबेर अघि सुरु भएको बैठकमा प्रस्तुत भएका राजनीतिक प्रतिवेदनमाथी सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारि रहेको बताइएको छ । हिजोको बैठकमा करीब डेढ दर्जन पोलिटव्युरो सदस्यहरुले प्रतिवेदन माथी धारणा राखेका थिए । सदस्यहरुले जारि बैठकले मात्र पार्टीको भावी कार्यदिशा र रणनीति तय गर्न नसकिने भन्दै विस्तारि बैठकबाट नै टुङ्गो लगाउनुपर्नेमा जोड दिदै आएका छन् । बैठकमा प्रस्तुत तीन वटा राजनीतिक प्रतिवेदनको बिषयमा बरिष्ठ नेताहरुबीच फरक मत देखिएको छ ।
Monday, August 30th, 2010
काठमाण्डौ १४ भदौ । प्रधानमन्त्री माधव कुमार नेपालले अनमिनको म्याद थप र राष्टसंघीय महासभामा नेपालको उम्मेद्धारी बारेमा बिभिन्न मुलुकका राजदुत हरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीको कार्यालय सिहदरबारमा नेपालले चिनीया राजदुत क्यु गोहोङ र रसियन राजदुत एन्ड्रे लियोनिडोभिकसँग भेटवार्ता गर्नुभएको हो । राजदुतसँगको भेटमा शान्ति स्थापनाका लागी कार्य गर्दै आएको सयुक्त राष्ट्रसघिय राजनितीक मिसन अनमिनको म्याद थप सम्बन्धमा प्रधानमन्त्रीले चिनिया धारणा बुझ्नुभएको बताइएको छ । यस्तै भेटमा राष्टसंघको महासभामा नेपालका कुलचन्द्र गौतमका उम्मेद्धरीलाई सहयोग गर्ने बारेमा पनि प्रधानमन्त्री नेपालले राजदुतहरुलाई आग्रह गरेको बुभmिएको छ । भेटमा चिनीया राजदुत गोहोङले नेपालका दलहरुबीच सहमती गरेर अनमिनको म्याद थपको निर्णण लिन सुझाव दिनुभएको छ । उहाँले नेपालको शान्ति प्रक्रियामा अनमिनले सहयोग गर्दे आएकाले सहमतीकै आधारमा निश्कर्षमा पुग्न आग्रह गर्नु भयो ।
Monday, August 30th, 2010
बिराटनगर १४ भदौ । मोरङको इटहरामा आज बिहान स्कुल बस दुर्घटना हुँदा २० जना विद्यार्थि घाइते भएका छन् । घाइतेमध्ये सविना पौडेल र मौसम कार्कीको अबस्था गम्भिर रहेको जनाइएको छ । इटहराबाट बिद्यार्थी लिएर फर्किएको सुनगाभा उच्च माध्यमिक बिद्यालय उर्लाबारीको को १ क २०४६ नम्बरको स्कुल बसले ट्रकलाई साईड दिने क्रममा इटहरा ४ स्थित भौडाहामा सडकबाट नालीमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरुको उर्लावारी स्थित २४ घण्टे अस्पतालमा उपचार भइरहको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।
Monday, August 30th, 2010
बिराटनगर १४ भदौ । काँग्रेस नेतृ सुजाता कोइरालाले पार्टीको महामन्त्री बनेपछि संसारभरका राजनीति दलका महामन्त्रीलाई नेपाल बोलाउने घोषणा गर्नुभएको छ । हरेक देशका राजनीति पार्टीसंग काँग्रेसको सम्बन्ध विस्तार गर्ने दाबी गर्दै नेतृ कोइरालाले उनीहरुलाई नेपाल बोलाउने घोषणा गर्नु भएको हो । प्रेस यूनियन मोरङले आज कोइराला निवास बिराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेतृ कोइरालाले भन्नुभयो, काँग्रेसको छवि अन्तरराष्ट्रियस्तरमा चिनाउने छु ।” मुलुकमा कायम अस्थिरताका कारण देशका युवाहरुमा हतियार मोह बढेको तर्क गर्दै उहाले महामन्त्री बनेपछि युवाहरुका लागि ‘प्याकेज” कार्यक्रम ल्याउने दाबी समेत गर्नुभयो । विकासले अस्थिरता अन्त्य गर्ने भएकाले विकासमुलक कार्यक्रममा युवाको सहभागिता बढाउने उहाले बताउनुभयो । उहाले ‘कोइराला निवासबाटै महामन्त्रीको उम्मेदवारी घोषणा गर्ने चाहना भएपनि तर लुम्बिनी जाँदा शान्तिको ठाउँ भएर त्यहीबाट घोषणा गरेको खुलासा गर्नुभयो । उहाले ‘झापा, मोरङ, सुनसरी, सर्लाहीका पार्टीले आफ्नो उम्मेदवारीको स्वागत गरेको समेत बताउनुभयो ।
Monday, August 30th, 2010
बिराटनगर १४ भदौ । प्रिमियम डिटीएच डिस नेपालले ले आज आफ्नो परिक्षण प्रशारण सफलतापुर्बक गरेको छ । काठमाण्डौको दरबारमार्गमा रहेको अर्थ स्टेशनबाट स्याटेलाइटमा अपलिंक गरी एन्टेना मार्फत कम्पनीको सेट टप बक्समा रिसिभ गरी बिभिन्न च्यानल देखाइएको आज बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । तर करिब दुई हप्तापछि मात्र बजारहरुमा भने डिस नेपालको एन्टेना खरिद गर्न पाइने डिस नेपालका पूर्वाञ्चल प्रबन्धक पुण्य लुइँटेलले बताउनुभयो । संचारमन्त्रालयबाट स्विकृती लिएको एक मात्र डिटिएच कम्पनी डिस नेपालले हाललाई ७० वटा च्यानल देखाउने बताएको छ । तर आगामी दिनमा भने १० वटा थप गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस मार्फत बाक्लो बादल लागेको बेला र पानी परेको बेलामा पनि च्यानलहरु हेर्न सकिने कम्पनीको दाबी छ । पत्रकार सम्मेलनमा शुरुमा बुक गर्ने प्रत्येक १० हजार उपभोक्ता मध्येबाट एउटा किया कार र ३ वटा होण्डा मोटरसाइकल उपहार दिने बताइएको थियो ।
Monday, August 30th, 2010
बिराटनगर १४ भदौ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले न्यु आलियंस राज्यमा पाच बर्ष अघि आएको तुफानले गरेको क्षतिमा सरकार समेत दोषी रहेको स्विकार गर्नभएको छ । सो तुफान प्राकृतिक बिपत्ति मात्र नभई तत्कालिन बुस सरकारको लज्जास्पद बिफलता पनि भएको बताउनुभएको हो । राष्ट्रपति ओबामाले प्राकृतिक बिपत्तिमा परेका अनगिन्ती महिला, पुरुष तथा बालबच्चालाई तत्कालिन सरकारले राहत पु¥याउन नसक्नुका साथै वास्ता समेत नगरेको आरोप लगाउनुुभयो । उहाले अब सरकारले तुफानबाट बिस्थापितहरुको पुर्नस्थापना नभएसम्म सरकारले उनीहरुलाई नछाड्ने आश्वासन समेत दिनुभयो । सन २००५ मा आएको तुफानमा कम्तीमा अठार सय जनाको ज्यान गएको थियो भने लाखौ जनता बिस्थापित भएका थिए । बिस्थापित मध्ये तीन चौथाइ भाग त्याहा फर्किएको र करिब १ लाख अझै नफिर्किएको बिबिसीले बताएको छ ।
Monday, August 30th, 2010
पथरी १४ भदौ । जबरजस्ति करणीको आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीमा थुनामा रहेको मोरङ शनिश्चरेका एक युवकलाई प्रहरी अधिकृतहरुले बिना कार्बाही छाडेका छन् । सामुहिक बलत्कार गरेको अभियोगमा साउन २५ गते शनिश्चरे–१ जिरिखिम्तिका सुमन राई र नागेश्वर पासवानलाई शसस्त्र प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय उर्लाबारीमा बुझाएको थियो । अन्य चार जना फरार भएका थिए । पक्राउ परेका दुई जना मध्ये सुमन राईलाई पक्राउ परेको चार दिनपछि बिना कार्बाही छाडिएको हो । एउटै अभियोगमा प्रहरी थुनामै रहेका पासवान भने अझै हिरासतमै छन् । प्रहरी अधिकृतहरुले मोटो रकम खाएर राईलाई मात्र छाडेको पासवान परिवारले आरोप लगाएका छन् । एउटै अभियोगमा पक्राउ परेका सबैलाई बराबर कारबाही हुनुपर्नेमा राई छाडिएको हो । यता प्रहरी निरीक्षक चक्र बस्नेतले भने त्यसबेला आफू घर विदामा भएकोले सो विषयमा केही थाहा नभएको प्रतिक्रिया दिनुभएको छ । कार्यालयका तत्कालिन कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक भीम नेपालीले भने सुमन राई पक्राउ नै नपरेको हास्यस्पद जवाफ दिनुभयो । चारदिनसम्म हिरासदमा राखिएको सुमन राईलाई प्रहरी अधिकृत र घर परिवारको संलग्नतामा लुकाइएको स्थानियबासीले बताएका छन् ।
Monday, August 30th, 2010
इटहरी १४ भदौ । सुनसरीको इटहरीस्थित एक लजमा आज बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन् । ३ दिन अघि मकवानपुरको हेटौडा स्थित मनिहरीबाट इटहरी आइपुगेका नरेन्द्रराज पाण्डे इटहरी चौकमा रहेको कञ्चनजङघा होटल एण्ड लजमा सुतेकै अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । अन्दाजि ४० बर्षिय मृतककोे साथमा रहेको प्लेन टिकट अनुशार मृतक मनिहरीका नरेन्द्रराज पाण्डे रहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । मृतक पाण्डेले गएराती अत्याधिक मादक पदार्थ सेवन गरेका कारण मृत्यू भएको हुन सक्ने होटल संचालकको भनाइ छ । यता साथमा फेला परेको टिकट २ दिन अघि नै काठमाण्डौ जानका लागि काटीएपनि दुइदिन पछि पाण्डेको शव फेला परेपछि घटना रहस्मय भएको स्थानीयहरुको भनाई रहेको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायब निरीक्षक बिनोद श्रेष्ठले बताउनुभयो ।
Monday, August 30th, 2010
काठमाण्डौ १४ भदौ । उपत्यकाको फोहोर फाल्न नदिएर आन्दोलन गरिरहेका ल्यााण्डफिल्ड साइट सिसडोलका आन्दोलनकारीसंग स्थानीय काठमाडौ महानगरपालिकाले आज पुनः वार्ता गर्ने भएको छ । स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुसंगको समन्वयमा वार्ता गर्न लागेको काठमाडौ महानगरपलिकाले जनाएको छ । बार्ता विहान साँढे एघार बजेको लागि तय गरिएको छ । महानगरपालिकाले स्थानिय राजनितिक दलहरुसँग समस्या समाधानका लागि आग्रह गरेको थियो । आज पुन संघर्ष समिति र महानगरपालिका बीच वार्ता हुने स्थानीय विकास मन्त्रालयय फोहोर मैला व्यवस्थनापन केन्द्रका महानिर्देशक सुमित्रा आमात्य ले जानकारी दिनुभयो । नुवाकोटको आलेटारका स्थानीय युवाहरुले रोजगारी लगायतका १३ बुँदे माग पुरा नभएको भन्दै आन्दोलन जारी राखेपछि केही दिनयता राजधानीमा थुप्रिएको फोहोर उठ्न सकेको छैन । आन्दोलनकारी संघर्ष समितिले भने सरकारबाट प्याकेजमा सहमति भई प्रत्येक वर्ष स्थानियवासीलाई दक्षताको आधारमा रोजगारी दिदै लाने प्रतिबद्धता आए लचकता अपनाउँने बताएको छ ।