On Air

Mid Hindi Film
AT 8:00 pm

विश्व क्रिकेट लिग डिभिजन चारमा नेपालले अमेरीकाको सामना गर्दै

काठमाण्डौं , २९ साउन । ईटालीमा आजदेखी शुरु हुने विश्व क्रिकेट लिग डिभिजन चारको उद्घाटन खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपालका लागि पारस खड्काको कप्तानीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषावकर, महेश क्षेत्री, अनिलकुमार मण्डल, अमृत भट्टराई, वसन्त रेग्मी, विनोद दास, सञ्जम रेग्मी, राहुलकुमार विश्वकर्मा, मेहबुब आलम, मञ्जित श्रेष्ठ र प्रदीप ऐरी सो प्रतियोगितामा सहभागी छन् । नेपालले काठमाडौँमा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन पाँचको विजेता बन्दै सो प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गरेको थियो । डिभिजन पाँचमा आमनेसामने भइसकेको नेपाली टोलीले अमेरिकासँग एक खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो । प्रतियोगितामा नेपालले त्यसपछिका खेलमा क्रमशः आयोजक राष्ट्र इटाली, तान्जानिया, अल्जेरिया, क्यामन र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ प्रतियोगितामा नेपाल विजेता वा उपविजेता बन्न सफल भए विश्व क्रिकेट लिग डिभिजन तीनमा प्रवेश पाउनेछ । प्रतियोगितामा पुछारमा रहने दुई राष्ट्र डिभिजन पाँचमा घट्नेछन् ।

No Comments

Categories News, Sports | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.