On Air

Mid Hindi Film
AT 8:00 pm

विकिलिक्सको करामत

बिराटनगर ९ भदौ । अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको ९० हजार बढि गोप्य सुचनासहितको दस्तावेज सार्वजनिक गरेर चर्चामा आएको विकीलिक्स वेवसाईटले सिआइएको गोप्य सुचना सार्वजनिक गरेको छ । सिआइएले गोप्य राखेको रेड सेल नामक दस्तावेज विकीलिक्सले सार्वजनिक गरेको हो । विश्वब्यापी रुपमा अमेरिका, आतङ्कवादलाई बढावा दिने राष्ट्रको रुपमा बदनाम भए के परिणाम आउछ भन्ने विषयमा सिआइएले तयार गरेको गोप्य विवरण राखिएको छ । अमेरिकी नागरिकले हतियारधारी समुहलाई गरिरहेको सहयोगको बारेको सूचना पनि सार्वजनिक भएको छ । चालु वर्षको फेब्रुअरी २ यताको सुचना सार्वजनिक भएको हो । सिआइएका प्रवक्ता जर्ज लिटलले भने यो दस्तावेज एउटा सानो अंश मात्र भएको प्रतिक्रिया दिएका छन् । यसैबिच एक वरिष्ठ अमेरिकी अधिकारीले पाकिस्तानमा बाढी पिडितहरुलाई सहयोग गर्न गएका विदेशी नागरिकमाथि तालिवानीहरुले आक्रमण गर्ने योजना बनाएको बताएका छन । नाम उल्लेख नगर्ने शर्तमा ति अधिकारीले पाकिस्तानी मन्त्रीमाथी पनि आक्रमण हुनसक्ने चेतावनी दिएको विविसिले जनाएको छ । देशको उत्तरी क्षेत्रबाट दक्षिण तर्फ बाढीको प्रभाव बढिरहेको बेला ती अधिकारीले  यस्तो चेतावनी दिएका हुन । पाकिस्तानमा पछिल्लो समयमा आएको १६ सय भन्दा बढिको मृत्यु भएको छ भने दुई करोड बढिको मृत्यु भएको छ ।

No Comments

Categories International, News | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.