On Air

Mid Hindi Film
AT 8:00 pm

तालिबानी बिद्रोही द्धारा ५ जनाको हत्या

काठमाण्डौ १४ भदौ । अफगानस्थानमा हुने ससदीय निर्बाचनमा उमेदवारी दिएका एक जना महिला उमेदवारको पक्षमा प्रचारमा खटिएका १० जनालाई बिद्रोहीले अपहरण गरेकोमा ५ जनाको हत्या गरेको छ  । गत बुधबार अपहरणमा परेका १० मध्ये ५ जनाको पश्चिमी हेरात प्रान्तमा हत्या गरिएको अबस्थामा शब फेला परेको हो । ५ जनालाई भने यस अघि नै मुक्त गरिएको थियो । हत्या कस्ले गरेको हो भन्ने सम्बन्धमा खुल्न नसकेको समाचारमा जनाइएको छ । प्रहरी प्रमुख निसार अमाडले ती शबहरु टाउकोमा गोली लागेको  अबस्थामा भेटिएको बताएका छन । सेप्टेम्बरमा हुने पुर्न निर्बाचनमा उमेदवारी दिएका फैजी गलानीको प्रचार प्रसारका लागी उनीहरु काम गर्दै आएका थिए । तालिबानी बिद्रोहीहरुले महिला उमेदवारको बिरोध गर्दै आएको छ । भने केहि उमेदवारलाई मार्ने सम्मको धम्कि दिदै आएको छ । सेप्टेम्वर १८ का दिन तल्लो सदनका लागी हुने २ सय ४९ को सिटको निर्बाचनका लागी २५ सय भन्दा बढिले उमेदवारी दिएका छन ।
काठमाण्डौ १४ भदौ । एकीकृत नेकपा माओवादीको केन्द्रिय कमिटीको बैठक आज पनि जारी रहेको  छ । कोटेश्वर पेरिसडाँडा स्थित पार्टी केन्द्रिय कार्यालयलमा केहिबेर अघि सुरु भएको  बैठकमा प्रस्तुत भएका राजनीतिक प्रतिवेदनमाथी सदस्यहरुले  आफ्नो धारणा राख्ने क्रम जारि रहेको बताइएको छ । हिजोको  बैठकमा करीब डेढ दर्जन पोलिटव्युरो सदस्यहरुले प्रतिवेदन माथी धारणा राखेका थिए । सदस्यहरुले जारि बैठकले मात्र पार्टीको भावी कार्यदिशा र रणनीति तय गर्न नसकिने भन्दै विस्तारि बैठकबाट नै टुङ्गो लगाउनुपर्नेमा जोड दिदै आएका छन् । बैठकमा प्रस्तुत तीन वटा राजनीतिक प्रतिवेदनको बिषयमा बरिष्ठ नेताहरुबीच फरक मत  देखिएको छ ।

No Comments

Categories International, News | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.