बाढिमा हराएका केहि जिबितै भेटीए
काठमाण्डौं , २७ साउन ः चीनको उत्तरपूर्वी सहर जोउकुमा आएको बाढीमा परी पुरिएका मध्ये केही व्यक्ति जिवीतै भेटिएको चिनीया समाचार समितिले जनाएको छ । सो बाढीका कारण त्यहाँका घर एवम् अन्य स्थानीय संरचना भत्किंदा ११ सय जना पुरिएको अनुमान गरिएको थियो । सो घट्नाको आज चौथो दिन भग्नावसेसबाट केही व्यक्तिको जिवीतै उद्धार गरिएको जनाइएको छ । सो बाढीका कारण सोही स्थानमा मात्र ११ सयभन्दा बढीको ज्यान गइसकेको छ । उता नाइजेरियामा आज एक घर भत्किंदा कम्तीमा पनि नौ जनाको मृत्यु भएको खबर छ । नाइजेरियाको अबुजा सहरमा रहेको एउटा तीनतले भवन भत्किंदा त्यहाँ रहेका नौ जनाको मृत्यु हुनुका साथै अरु दर्जनौं चेपिएको अधिकारीले जनाएका छन् ।
Categories International, News | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.