दमकमा मिनी एथलेटिक्स हुने
दमक १४ भदौ । झापाको दमकमा मिनी एथलेटिक्स प्रतियोगिता हुने भएको छ । नेपाल एम्योच्योर एथलेटिक एसोसिएसन दमकको आयोजनामा आउँदो कात्तिक १३ गते खुला र विद्यालय स्तरीय प्रतियोगिता गर्ने तय भएको छ । आज दमकमा पत्रकार भेटघाट कार्यक्रम गरी एसोसिएसनका अध्यक्ष नरेशकुमार मोक्तानले छात्रहरुको ५ किलोमिटर र छात्राहरुको ३ किलोमिटर म्याराथुन प्रतियोगिता हुने जानकारी दिनु भयो । यसैगरि खुला तर्फ ५ र १० किलोमिटर दुरीको प्रतियोगिता आयोजना गर्ने तय भएको बताइएको छ । प्रतियोगितामा माईपश्चिममा सरकारी र निजी विद्यालयका छात्र छात्राको सहभागिता रहने मोक्तानले बताउनु भयो ।
Categories News, Sports | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.