चीन र जापान आज बार्ता हुदै
बेइजिङ, १२ भदौ । आर्थिक विकासका विश्वका हस्ती दुई देश चीन र जापानले व्यापारिक वार्ता गर्ने भएका छन् । बार्ताका लागि जापानी अर्थ मन्त्री कात्सुया ओकादा सहितको प्रतिनिधिमण्डल चीन आइपगेका छ । जापानी सो प्रतिनिधिमण्डलमा जापानका अरू पाँच जना मन्त्री पनि रहेका छन् । चीन जापान यो तेस्रो उच्चस्तरीय वार्तामा जापानले आफ्नो देशको बिग्रँदो अर्थतन्त्रलाई वार्ताको प्राथमिकतामा राख्ने भएको पनि एक जना जापानी अधिकारीले जनाएका छन् । चीनमा हालसालै स्थापना भएको एक वैदेशिक लगानीको कारखानाका कारण जापानको निर्माण उद्योगमा असर पारेको छ । एक जापानी अधिकारीले भने– चीनमा रहेका जापानी कम्पनीको सञ्चालन सम्बन्धी राम्रो वातावरण कसरी निर्माण गर्न सकिन्छ भन्ने बारेमा सो वार्ताका क्रममा कुराकानी हुने छ । दुई व्यापारिक शक्तिका बीचको व्यापारिक अन्तरसम्बन्धका विषयमा सो वार्तामा छलफल हुने चिनीया अधिकारीले जनाए । तर जापानले भने गत दुई दशकदेखि चीनले दुई अङ्कमा गरेको सैनिक बजेटको वृद्धिका विषयमा दह्रोसँग कुरा उठाउने योजना बनाएको बताइएको छ ।
Categories International, News | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.