On Air

Mid Hindi Film
AT 8:00 pm

अमेरिकी सेनाले इराक छाडयो

काठमाण्डौ ३ भदौ । इराकमा तैनाथ अमेरिकी सेनाको अन्तिम दस्ता तय गरिएको निर्धारित समय भन्दा अगाडि नै इराक छाडेको छ । अमेरिकी सेना प्रबक्ताका अनुसार चौथो र दोसा्रे डिभिजन पैदल हुदै बिहान सबेरै कुबेत प्रबेश गरेका छन  । यस अघि ३१ अगस्टको समय तय गरिएको थियो । यद्यपी ५६ हजार अमेरिकी सेना भने इराकी सुरक्षाकर्मीलाई प्रशिक्षण दिन र निहित स्वार्थका लागी भन्दै यो बर्षको अन्य सम्म रहने भएको छ । आत्म रक्ष्ाँका लागी केहि हतियार बोके पनि  उनीहरु फौजी कारबाहीमा भने सामेल हुने छैनन् । ट्रइकर ब्रिगेटको चार हजार सैनिक बख्तबन्द गाडि सहित कुबेत तर्फ लागेको बिबिसीले जनाएको छ  । केहि बिग्रेड अन्य कार्यका लागी रहने र कुनै पनि बेला हट्न सक्ने बताइएको छ । साढे सात बर्ष पछि अमेरिकी सैनिक इराक बाट फिर्ता जानु महत्वपुर्ण कदम भएको समाचारमा जनाइएको छ । अमेरिकी बिदेश बिभागका प्रबक्ता पिजे क्राउलीले इराकमा अमेरिकी अभियान समाप्त नभएको बताउदै रणनितीमा परिवर्तन गरि नागरिक सहयोगलाई बढवा दिएको उल्लेख गर्नु भयो । अमेरिकी रक्षा बिभागले भने यस बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।

No Comments

Categories International, News | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.